arrow

सञ्जय र कर्णलाई मरणोपरान्त सबैभन्दा ठूलो राशीको पत्रकारिता पुरस्कार

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
sanjay-karna.jpeg
काठमाडौं। पत्रकारीता क्षेत्रमा स्थापित सबैभन्दा ठूलो राशिको पत्रकारीता पुरस्कार यस बर्ष दुई पत्रकारले मरणोपरान्त पाउने भएका छन्। सानिमा वैङकको सहयोगमा नेपाल प्रेस काउन्सिलले स्थापना गरेको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पहिलोपटक संयुक्तरूपमा मरणोपरान्त सञ्जय न्यौपाने र कर्ण बोहोरालाई प्रदान गर्ने निर्णय भएको हो। न्यौपाने कारोवार राष्ट्रिय दैनिकका पूर्व सम्पादक थिए भने वोहोरा सुदुपश्चिमात्र्चलका लोकप्रिय पत्रकार थिए।
 
नेपाली पत्रकारिता क्षेत्रको सबैभन्दा बढी राशी रू पाच लाखको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार यसै बर्ष स्थापना भएको हो। पहिलोपटक संयुक्तरूपमा मरणोपरान्त प्रदान गर्ने निर्णय काउन्सिल अध्यक्ष, महासंघ अध्यक्ष र सानिमाका प्रमुख कार्यकारी अधिकृत सहितको बैठकले गरेको महासंघका अध्यक्ष महेन्द्र बिष्टले जानकारी दिएका छन्।
 
नपाली पत्रकारिता जगतका लोकप्रिय सञ्जय न्यौपाने केहि हप्ता अघी र कर्ण बोहोराको केहि दिन अघी निधन भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ