arrow

एमालेलाई एक्ल्याएर संविधान संशोधन सम्भव छैनः नेता खनाल

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
jhalanath-khanel.jpeg
सिमरा । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले (एमाले) लाई एक्ल्याएर संविधान संशोधन सम्भव नभएको बताएका छन्  । 
 
प्रेस चौतारी नेपाल बाराले सिमरा विमानस्थलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले राष्ट्रिय सहमतिका लागि संविधान संशोधन गर्ने कुराको कुनै अर्थ नरहेको बताए । 
 
वरिष्ठ नेता खनालल संविधान कार्यान्यवनका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिदैं एमालेको सहमति बिना कसैले संविधान संशोधनको प्रयास गरे त्यसको प्रतिवाद गर्ने भने । 
 
संविधान संशोधनमा सत्तारुढ दलले पुर्नविचार गर्नुपर्ने बताउँदै खनालले भने  – एमालेसँग सहमति गरी अघि बढ्नुको विकल्प छैन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ