arrow

डा केसीको मागबारे वार्ता सकारात्मक, तर भएन सहमति

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
dr-kc.jpeg
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशन बसेका प्रा।डा। गोविन्द केसी पक्ष र सरकारी वार्ताटोलीबीच बुधबार भएको वार्ता सकारात्मक भए पनि सहमति हुन सकेन । डिन नियुक्तिका विषयमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्वडिन संयोजकत्वको उच्चस्तरीय अध्ययन कमिटीले बनाउने मापदण्ड कार्यान्वयनका लागि केसीले कुलपति तथा सहकुलपतिको समेतको प्रतिबद्धता खोजेकाले बुधबार वार्ता निष्कर्षमा नपुगेको हो ।
 
त्रिविले चिकित्साशास्त्रका पूर्वडिन प्राडा रमेशकान्त अधिकारीको संयोजकत्वमा सातसदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । सो समितिबाट बिहीबार डिन नियुक्तिको मापदण्ड माग्ने र त्यसको कार्यान्वयनको प्रतिबद्धता आएपछि वार्ताटोलीले सम्झौता गर्ने र अनशन तोड्ने गरी वार्ता स्थगित भएको छ । 
 
सरकारी वार्ताटोलीका सदस्य शिक्षासचिव शान्तबहादुर श्रेष्ठले बुधबारको वार्ता सकारात्मक भए पनि सहमति नभई बिहीबारसम्मका लागि स्थगित भएको बताए । ‘
 
वार्तामा भएका दुईजनाले मात्र सहमति गरेर भएन, कार्यान्वयन गर्ने विश्वविद्यालयसँग जोडिएको विषय भएकाले सोधेर सहमति गर्ने कुरा भयो,’ उनले भने, ‘प्राविधिक कुरा मिलाउन बाँकी छ ।’ 
 
डा केसी विभिन्न नौवटा माग राखेर १९औँ दिनदेखि आमरण अनशनमा बसेका छन् । उनले नवनियुक्त डिन प्राडा केपी सिंहलाई हटाइनुपर्ने र वरिष्ठताका आधारमा प्रा।डा। जगदीश अग्रवाललाई नियुक्ति गरिनुपर्ने माग राखेका छन् । 
 
उनले त्रिवि उपकुलपति तीर्थ खनियाँसमेतलाई बर्खास्त गर्न माग गरेका छन् । आवासीय चिकित्सकको बहिष्कार डा। केसीको मागमा समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरू बुधबार आकस्मिकबाहेकका सेवामा सहभागी भएनन् । 
 
आवासीय चिकित्सक संघका अध्यक्ष डा। लिजन महर्जनले केसीको जीवनरक्षाका लागि दबाब दिन आकस्मिकबाहेकका सेवामा सहभागी नभएको बताए । 
 
छिटो सहमति नभए थप संघर्षका कार्यक्रम गर्ने महर्जनले चेतावनी दिए । डा। केसीको मागप्रति सरकारी चिकित्सक संघको समर्थन त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम०का नवनियुक्त डिनको राजीनामालगायतका माग राख्दै विगत १८ दिनदेखि अनशनरत प्रा।डा। गोविन्द केसीलाई सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले समर्थन जनाएको छ । गोदानका महासचिव डा विष्णुरथ गिरीले बुधबार विज्ञप्ति जारी गर्दै केसीको अनशन टुंग्याउन २४ घन्टाको अल्टिमेटम दिएको छ । 
 
सो समयभित्र दुवै पक्षबीच सहमति नभए सरकारी स्वास्थ्य संस्थामा सेवा उपलब्ध नगराउने विज्ञप्तिमा उल्लेख छ । 
 
महासचिव डा। गिरीले २४ घन्टापछि केसीको जीवनरक्षाका लागि गोदानबाट गरिने संघर्षका कार्यक्रममा सक्रिय सहभागिता जनाउन र जटिल परिस्थितिमा सहयोग गर्न आग्रह गरेका छन् । 
 
नेपालमा चिकित्सा शिक्षा प्रदान गर्ने अधिकांश संस्थाको स्थापना सरकारी तवरबाट भई जेहेनदार विद्यार्थीले सर्वसुलभ रूपमा अध्ययन गर्नसक्ने वातावरण बन्नुपर्छ भन्नेलगायतका मागप्रति गोदानले एक्यबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ । (नयाँ पत्रिका दैनिकं



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ