arrow

एमालेको विरोधपछि संसद बैठक स्थगित

घानमा पर्‍याे लोकमानविरुद्धको महाभियोग

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
samsadbhawan.jpeg

काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोध गर्दै प्रमुख विपक्षी एमालेले संसद बैठक अवरुद्ध गरेको छ ।

व्यवस्थापिका संसदको विहिबार बसेको बैठकको सुरुमै एमाले सांसद बामदेव गौतमले विशेष समय लिएर विरोध गरे । एमाले उपाध्यक्ष समेत रहेका गौमले विरोध गर्नेवित्तिकै एमाले, जनमोर्चा र नेमकिपाका सांसदहरु आ–आफ्नो आसनबाट उठे । गौतमले सरकारले संविधानको उल्लंघन गर्दै सीमांकन हेरफेरसहित संशोधन विधेयक ल्याएको आरोप लगाए ।

एमाले सांसदहरुले बैठक चल्न नदिने बताएपछि सभामुख ओनसरी घर्तीले शुक्रबार दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित भएको सूचना सुनाइन् । बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोगबारे छलफल र केही विधेयकहरु पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।

कार्कीविरुद्धको मुद्धामा छलफल गरेर महाभियोग रिफारिस समितिमा फठाउने सदनको तयारी खेर गएको छ भने, छलफल लम्बिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ