arrow

स्वास्थ्य मन्त्रालयको नियुक्ति तथा मनोनयन मापदण्ड स्वीकृत

स्वार्थको द्धन्द्ध देखिने व्यक्ति नियुक्ति तथा मनोनयनका लागि योग्य नहुने

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार

काठमाडौं । स्वास्थ्य मन्त्रालय अन्तर्गतका सार्वजनिक निकायहरुमा नियुक्ति तथा मनोनयन सम्बन्धि मापदण्ड सरकारले स्वीकृत गरेको छ । नियुक्ति तथा मनोनयनलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य मन्त्री गगनकुमार थापाले पेश गरेको मापदण्डलाई मन्त्रिपरिषद्ले  स्वीकृत गरेको हो ।

नियक्ति तथा मनोनयन संवन्धी मापदण्ड स्वीकृत भएपछि लामो समयदेखि खाली रहेका पदाधिकारीहरुमा पदपूर्ति गर्ने बाटो खुलेको छ । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, अञ्चल अस्पताल समिति, केही जिल्ला अस्पताल विकास समिति लगायतमा पदाधिकारी खाली छन् ।

यो मापदण्डले सबै सार्वजनिक निकायको नियुक्ति तथा मनोनयनलाई एक रुपता समेत दिने बताइएको छ । यसअघि विकास समिति, प्रतिष्ठान र काउन्सिलहरुमा नियुक्ति सम्बन्धि फरक–फरक व्यवस्था थियो । मापदण्डमा यसअघि नभएका केही नयाँ मापदण्डहरु राखिएको स्वास्थ्य मन्त्री थापाका कानुनी सल्लाहकार राजु कटुवालले जानकारी दिए ।

शैक्षिक योग्यता, उमेर, कार्यसम्पादन सम्झौता लगायतका शर्तहरु अहिले थपिएको कटुवालले बताए । तर, स्वार्थको द्धन्द्ध देखिने व्यक्ति नियुक्ति तथा मनोनयनका लागि योग्य नहुने मापदण्डमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ