arrow

माओवादीको हँसिया हथौडा अंकित स्मारक फोड्न खोजेपछि बुटवलमा झडप

विप्लप माओवादीको ‘रातो घरमा’ पनि तोडफोड, शुक्रबार बामदेव, टोपबहादुर र चन्द्र भण्डारीले बुटवल तताउने

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
Maobadi-Kendra-ko-logo.jpeg

काठमाडौं । संविधान संशोधन विधेयक दर्ताविरुद्ध आन्दोलनमा उत्रिएकाहरुले रुपन्देही बुटलको पुष्पलाल चोकमा रहेको माओवादी केन्द्रको हँसिया हथौडा अंकित स्मारक तोडफोड गर्न खोजेपछि झडप भएको छ । प्रहरीसँगको झडपमा केही प्रर्दशनकारी घाइते भएका छन् । प्रहरीलाई ढुंगा हानेपछि लाठीचार्ज गर्दा प्रदर्शनकारी घाइते भएका हुन् ।

तोडफोड गर्न उत्रिएकाहरु अधिकांश एमालेको भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ता रहेका प्रहरीले जनाएको छ । बिहान् ११ बजेदेखि आन्दोलनकारी र प्रहरीबीच फोड्ने तथा बचाउनेको संघर्ष चलेको हाम्रा सहकर्मी विक्रम खड्काले जानकारी दिए । प्रहरीले बचाउँदा बचाउँदै  प्रदर्शनकारीले स्तम्भमा भएको हँसिया हथौडा झिकेर फालिदिका छन् ।

दिउँसैदेखि स्तम्भ हटाउने प्रयास गरेका प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोड्दै स्तम्भमा रहेको सँहिया हथौडा फालेर राष्ट्रिय झण्डा गाडे । सो स्तम्भ माओवादी नेता टोप बहादुर रायमाझीले २०७० सालमा उद्घाटन गरेका थिए ।

यस्तै, प्रदर्शनकारीले विप्लप माओवादीको पार्टी कार्यालय ‘रातोघर’मा पनि ढुंगा हानेर तोडफोड गरेका छन् ।   

प्रदेश ५ लाई टुक्र्याउने गरी ल्याएको संविधान संशोधन विधेयकविरुद्ध चलेको आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि सुरक्षा सतर्कता बढाइएको सकहर्मी खड्काले बताएका छन् । आन्दोलनमा बढीजसो एमाले कार्यकर्ता रहेका र विहिबार दिउँसोको प्रर्दशनमा छुट्टै प्रर्दशन गर्दै आएका नेविसंघ कार्यकर्ताहरु पनि मिसिएको बताइएको छ । माओवादी केन्द्रका कार्यकर्ताहरु भने खुलेर आएका छैनन् ।

यस्तै, स्थानीय व्यापारी, क्लबहरुले पनि प्रदर्शनमा ऐक्यवद्धता जनाएका छन् । उद्योग वाणिज्य संघले भने शुक्रबार छुट्टै कार्यक्रम आयोजना गर्ने बताएको छ ।

शुक्रबार बामदेव, टोपबहादुर र चन्द्र भण्डारीले बुटवल तताउने

शुक्रबार दिउँसो २ बजे बुटवलमा विशाल प्रदर्शनको तयारी रहेको सहकर्मी खड्काले बताएका छन् । उनका अनुसार शुक्रबार एमाले नेता, बामदेव गौतम, विष्णु पौडेल, माओवादी नेता टोपबहादुर रायमाझी र कांग्रेस नेता चन्द्र भण्डारी लगायत बुटवल पुग्ने कार्यक्रम छ । उनीहरुले जनसभालाई सम्बोधन गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ