arrow

बुटबलको ट्राफिक चोक तात्दै, शीर्ष तीन दलका नेताहरुको संविधान संशोधनको विरोधमा जमघट

भारतलाई तराई बुझाउने खेलो भएको आरोप

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
pppp.jpeg
बुटबल । सरकारले गत मंगलबार राति ९ बजे सहमति बिना नै संविधान संशोधन विधेयक दर्ता गरेपछि एकाएक भड्किएको राजनीतिले मुलुकभर नै तताउँदै छ । त्यही तताउने क्रममा विभिन्न ठाउँमा सत्तासाझेदार नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु पनि एक ढिक्का भएर संशोधनको विरोध गरिरहेका छन् । शुक्रबार बुटवल तात्दैछ । 
 
बिहान पेशागत व्यवसायी महासंघको संजालले बुटबलको ट्राफिक चोकमा विशाल सभा गरेको छ । सभामा बोल्ने सबैले सरकारको चर्को आलोचना गरेका छन् । 
 
उनीहरुले भारतको चाहनामा संविधान संशोधन गर्दै तराई भारतलाई बुझाउन खोजेको भन्दै सरकारलाई ‘लठ्ठक’ को संज्ञा दिएका छन् । पाँच नम्बर प्रदेशबाट पहाडलाई टुक्रयाएर भारतको अभिष्ट पूरा गर्न प्रचण्ड र शेरबहादुर देउवाले अभ्यास गरेको पनि उनीहरुको आरोप छ । 
 
यसैबीच, दिउँसो २ बजे शीर्ष तीन दलका पश्चिमाञ्चलका नेताहरुको अगुवाईमा ट्राफिक चोकमा विशाल आमसभा हुँदैछ । चौडाहाबाट ¥याली सुरु गरी  ट्राफिक चोकमा पुगेर आमसभामा परिणत हुनेछ । 
 
बुटबलमा बिहीबारदेखि नै अनिश्चितकालीन बन्द छ । आमसभामा एमालेका उपाध्यक्ष बामदेव गौतम, सचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, घनश्याम भुसाल, माओवादी केन्द्र संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम छ । 
 
तराईलाई पहाडबाट टुक्रयाउने हो भने जनजीवनसमेत प्रभावित हुनेछ । ती जिल्लाहरुका अधिकांश स्थानीय बसाइसराई गरेर कपिलबस्तु, रुपन्देही र नवलपरासीमा बढी आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ