arrow

बुटबल तताउन शीर्ष तीन दलका नेताहरु काठमाडौंबाट बुटबल हानिंदै

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
netaharu.jpeg
काठमाडौं। सरकारले गत मंगलबार राति ९ बजे सहमति बिना नै संविधान संशोधन विधेयक दर्ता गरेपछि एकाएक भड्किएको राजनीतिलाई अझ तताउन शीर्ष तीन दलका नेताहरु काठमाडौंबाट बुटबल जाँदैछन् । बिहीबार नै जाने भनिए पनि बुटबलको माहोल एकाएक बिग्रिदा नेताहरु शुक्रबार बिहान धमाधम जान लागेका हुन् । 
 
नेताहरु जहाजमा भैरहवा हुँदै बुटबल पुग्नेछन् । सत्तासाझेदार नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु एक ढिक्का भएर संविधान संशोधनको विरोध गरिरहेका छन् ।  
 
दिउँसो २ बजे शीर्ष तीन दलका पश्चिमाञ्चलका नेताहरुको अगुवाईमा ट्राफिक चोकमा विशाल आमसभा हुँदैछ । चौडाहाबाट ¥याली सुरु गरी  ट्राफिक चोकमा पुगेर आमसभामा परिणत हुनेछ । 
 
बुटबलमा बिहीबारदेखि नै अनिश्चितकालीन बन्द छ । आमसभामा एमालेका उपाध्यक्ष बामदेव गौतम, सचिव विष्णुप्रसाद पौडेल, सचिवद्धय प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, उपमहासचिव घनश्याम भुसाल, माओवादी केन्द्र संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम छ । 
 
तराईलाई पहाडबाट टुक्रयाउने हो भने जनजीवनसमेत प्रभावित हुनेछ । ती जिल्लाहरुका अधिकांश स्थानीय बसाइसराई गरेर कपिलबस्तु, रुपन्देही र नवलपरासीमा बढी आएका छन् । 
 
पश्चिमाञ्चका अधिकांश जिल्लामा संविधान संशोधनको विरोधमा आमहड्ताल जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ