arrow

हिंसा प्रभावित महिलालाई सहयोग गर्ने एक सय रुपैँया संकलन अभियान

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर।  पाँचथर जिल्लाका हिंसा प्रभावित महिलाहरुलाई सहयोग गर्ने उद्धेश्यले सदरमुकाम फिदिममा एक सय रुपैँया संकलन अभियान चलाईएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा संयुक्त महिला अधिकार सञ्जाल पाँचथरले अभियान चलाएको हो ।
 
मंसिर १० गतेदेखि सुरु गरिएको अभियान १५ दिनसम्म सञ्चालन गरिने भएको छ । अभियानमा संकलित रकमबाट “हिंसा प्रभावित महिला सहायता अक्षय कोष” स्थापना गर्ने सञ्जालकी अध्यक्ष विमला ढकालले बताए । घर, परिवार र समाजमा फर्केर जान नसक्ने पीडित महिलाहरुलाई सहयोग गर्न अक्षय कोष स्थापना गर्न लागिएको उनले बताए ।  
 
फिदिम बजारका समाजसेवी व्यवसायी लगायतका विभिन्न व्यक्तिहरुबाट स्वेच्छिक रुपमा रकम संकलन गरिएको हो । महिला सहायता अक्षयकोष स्थापना गर्न सहयोग गर्न चाहनेले एक सय रुपैँया संकलन गर्न सक्ने बताइएको छ । इच्चा हुनेले एक सय रुपैँया भन्दा धेरथोर नगरि सहयोग गर्न सक्ने ढकालले बताए । सो रकम १५ दिने अभियान सकिएपछि पनि अक्षय कोषमा जम्मा गर्न सकिने बताइएको छ ।
 
हिंसा प्रभावित भई पुनः घर फर्कन नसक्ने महिलाहरुका लागि अभियान चलाइएको हो । जिल्लामा हाल १५ जना पीडित महिलाहरु घर फर्कन नसक्ने अवस्थामा छन् । सय रुपैँया संकलन अभियालाइ फिदिमबासिले राम्रो साथ दिएको ढकालको भनाइ छ । “सडकमा रकम थाप्दै हिडिरहेका छौँ । बजारबासिले उत्साहपुर्वक सहयोग गर्नुभएको छ,” ढकालले भन्नुभयो । अब सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुबाट पनि रकम संकलन गर्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ