arrow

अाइअाेएमका डीन सिंहद्वारा राजीनामा, पत्रकार सम्मेलनबाट घोषणा गरिँदै

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
dr.-kp-singh.jpeg
काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन स‌ंस्थान (अाइअाेएम) डीन डा. केपी सिंहले राजीनामा दिएका छन् । उनले २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवजन रक्षाको लागि भन्दै राजनीनामा दिएका हुन् । 
 
डा. केसी २० दिन देखि सिंह र त्रिवि उपकूल पनि तीर्थ खनियाँको राजीनामा माग गर्दै अनसनमा बसिरहेका छन् । डा. केसीको राजीनामा केहीबेरमा त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भईरहेको छ । 
 
उनलाई अनसन तोडाउनको लागि बिहीबार राती सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठ लगायत तथा गत २० दिनदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै दसौँ पटक अनशन बसेका प्रा डा केसीका तर्फबाट प्रा डा राजेन्द्रराज वाग्ले लगायत चिकित्सक वार्तामा रहेका थिए ।
 
तर शुक्रबारसम्म पनि वार्ता हुन सकेको थिएन । तर, शुक्रबार सिंहले राजीनामा दिएका हुन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ