arrow

कालो ग्रहण

logo
सुदर्शन आचार्य,
प्रकाशित २०७३ मंसिर १८ शनिबार
chandrama.jpeg
“तैँले बिहे गरिस् भने त गीत गाएरै पाल्चे यार !” कृष्ण दाईले बारम्बार यहीँ कुरा दोहो¥याइरहन्थे । मलाई हाँसो लाग्थ्यो । नेपालका चर्चित  गायक गायिकाहरु आफ्नो जीवन धान्न नसकेर अमेरिकातफ्र्m भासिहरहेको बेला दाईको दाबी हाँसो लाग्दो नै थियो ।
 
घरको अवस्था, पारिवारिक परिवेश, आफ्नो बढ्दो उमेर सबैले मलाई निरन्तर बिहेको निम्ति प्रेशर गरिरहेका थिए । घरको जेठो छोरो  भएकोले केही तनाव पनि थियो । आफन्त छिमेकी सबैले बिहे गर्न बारम्बार सम्झाइरहन्थे । यस्तै परिवेश बुझेर होला सायद कृष्ण दाईले बिहेको कुरा गरिरहन्थे । 
 
बडिगाढ खोलाको तिरमा दिब्रुङ्ग, सालिमे जस्ता तपोभूमिले घेरिएको गाँऊ साँच्ची सुन्दर थियो । कृिष क्षेत्रमा ऐतिहासिक गाउँ । साँच्ची राम्रो लाग्थ्यो  । राजनीति लगायत अन्य बिबिध कारणहरुले गर्दा म त्यो  गाँउमा घुम्न जाने अवसर मिल्थ्यो पनि ।
 
प्रकाश र म बरारुखको पोखरी निर छौँ । पसलमा आउने जाने फ्याट्ट फ्mुट्ट छन् । दुई तफ्र्m रिबन बाँधेकी, रातो कुतार्, जीनको पाईन्ट लगाएकी सानी केटी सित  दुई जना केटाहरु आएका छन् । दुबैले त्यस केटीलाई यो किन्दे र त्यो किन्दे  भनेर सताईरहेका छन् । ऊ पनि झिँजिएकी छ । २–३ वटा मिठाई किनी र २ किलो जति चिनी किनेर त्यो केटी लागि घर तिर । सानी सानी त्यो केटिलाई जिस्काउँदै प्रकाशले भन्यो । बिहे गर्दिम् तेरो । केटी जोडले दौडी । ठानीहोली  सायद च्याप्प समाएर बिहे गर्दिहाल्छन् । २०६५ सालको समयक्रम पुनर्याद भयो ।
 
ती क्याम्पसका दिनहरु सम्झिन्छु ,एकमनले । स्वतन्त्रता प्राप्तिका निम्ति लडेका ऐतिहासिक दिनहरु सम्झन्छु । विद्यार्थी कालमा विभिन्न बहानामा जोडिन चाहने मनहरुका कथा अझै रोमाञ्चित छन् । प्रेम गर्ने, घुम्ने समयमा विभिन्न अभावका घेराहरुमा कैद भएर जिऊ पाल्ने कामलाई मात्र आदर्श ठानियो । 
 
कहाँ प्रेमका कुरा कहाँ लैला मजनुका कुरा सबै अनावश्यक थिए । आज जीवन जिउन त्यति धेरै संघर्ष गर्ने अवस्था छैन । तर ती सुन्दर साथी, समय, परिवेशको अभाव छ । सायद यस्तै अवभाव र प्रभाव विचको समय नै जीवन होला ।
 
घरमा एकाएक बिहे गर्ने कुरो चलेपछि मन तनावमा छ । कस्ती होली के गर्दै होली ? मेरो मन बुभm्छे कि नाईं ? जस्ता अनेकौँ प्रश्नहरुको उत्तर कल्पन्छु तर के गर्नु मेरो मनले उत्तर दिन सक्दैन । जसरी आज मेरो मनमा उसका काल्पनिक दृश्यहरु झल्किएका छन् । त्यसरी नै उसको मनमा पनि कुनै कल्पना आए होलान् त ? के गर्नु  आफैले आफैलाई प्रश्न गर्छु तर पनि उत्तर खोज्न उसैको मनलाई खोज्दै जीवनका  अँध्यारा मोडहरुमा भौंतारिरहेछु ।
 
प्रविधिको व्यापक प्रयोग हुने समय थियो । फेसबुकबाट खोजेर कृष्ण दाईले देखाए । बायाँ काँधमा कपाल झारेकी, गोरी ,रातो कुर्तामा त्यसलाई देखेँ । खै आफुले आफैलाई बिर्सिएछु । लाज लागेजस्तो भयो । हेर्नै सकिन पनि । तर जबरजस्त हेर्ने धृष्टता गरेँ । राम्रै लाग्यो । 
 
पहिलो प्रेम, पहिलो नजर, पहिलो सन्तान, पहिलो कमाई, पहिलो जागिर सबै स्मरणीय हुन्छ भन्ने सुनेको थिएँ  । साँच्ची रहेछ ।  म पनि त्यसको अपवादमा  रहन सकिन । कता कता त्यो दिलभित्र पसिहालिछ । प्रत्यक्ष त्यसलाई देख्न नपाईकन फोटो हेर्दैमा मन प¥यो । तर कृष्णदाईलाई  यो कुरा भन्ने साहस ममा रहेन । 
 
तस्बिरले मोहित बनाएर हो या के हो उसलाई देख्ने लालसा बढ्यो । साँझ आएर  फेसबुकमा  खोजें तर ऊ भेट्टिईन । भोलीपल्ट भेटिई ऊ । त्यही फोटो त्यही नाममा  । उसको फोटो हेरेरै दिन कट्न थाल्यो भन्दा फरक नपर्ने । तर कायर रहेछु सायद फ्रेन्ड रिक्वेस्ट पठाउने  साहस मनमा आएन । उसका फोटोमा अरुले गरेका कमेन्ट पढ्ने बाहेक केही काम हुन सकेन ।
 
कृष्णदाई  निरन्तर प्रयासमा छन् । म पनि उसँग नबोलेनी हेरेर चित्त बुझाएको छु । उसको सुन्दरतामा मोहित भएको छु । बाबुभाईले पिकनिकको फोटो ल्याएको छ ।चिनेँ गीतको भिडियोमा पिङ्क कलरको आउटर लगाएर मिठो गीत  गाएकी थिई । 
 
  ऊसँग नजिकिन खोज्थें । तर नजिकिने आधार पाउन सकेको छैन । टि.एम. कलेज पढ्छे भन्ने थाहा पाएसी देख्ने लालसा बढेको भने सत्य हो । राजनीतिक कारण देखाउँदै विभिन्न बहानामा कलेज धाउन थालेको थिएँ । तर  ऊ भने कहिल्यै भेटिइन ।
 
 मनले खाएपछि अलि मन मिल्ने मान्छे भेटाए पछि उसकै बारे सोध्न मन लाग्दो रहेछ । मनले खाको हरिलाई सोधेँ । कस्ती छ त्यो ? एकै वाक्यमा उत्तर दियो । ठिक छैन,खत्तम छे  यार । त्यो भन्दा त चिम्सी ठिक छ । हरि उसका राम्रा र नराम्रा कारणहरुबारे प्रबचन दिँदै थियो । मैले झोँकमा भनेँ मुला २ ठाउँ पोइला गएनी ल्याउँछु ,धेरै नबोल । मलाई हरि हेरेको हेरै भयो ।
 
सायद माया बस्दा बोल्नै पर्छ भन्ने नहुनी रहेछ ।एकतर्फ माया भए पुग्यो ।सायद भक्ति र माया पर्यायवाची हुन् कि ? दमुकाको प्रतिक्षालयमा बसेको छु । त्यसैलाई प्रत्यक्ष हेर्न भनेर । घरका सबैको सुझाव छ ।  
 
फोटो हेरेर हुन्न है  केटी आफ्नै आँखाले हेर्न पर्छ ।  माईजु र म कुरा गर्दै हिँडेका छौँ । हुग्दी खोलाको पुलमा पुगेर हेर्छु । पारीपट्टिको सेतो बिल्डिङ्ग ,जहाँ दिलकुमारीले पढ्दछिन् । भुँईमा आँखा पर्छन् ।  हेर्छु उद्घाटन नहुँदै  भत्केको पुल देख्दा देशको अवस्था देखेर पछुतो लाग्छ । कतै मेरो यो एकतामै माया पनि यै पुलको जस्तै हालत हुने हो कि ।   
 
ज्ञवाली होटलमा चिया खाएर बसेको म घरि घरि क्याम्पसतिर नजर डुलाउँछु हेर्छु ११ बजे तिर दुइटी सँगै झरे । कालो ड्रेसवाली चाँही मस्कीदै  थिई । अर्की अलि सानै उमेरकी झैँ लाग्थ्यो । लुकेर हेर्न गाको मान्छे मन चञ्चल भयो । बोलौँ बोलौँ लाग्यो । तर बोल्ने सामथ्र्य भने ममा रहेन ।
 
ज्ञवाली होटलको  बाहिर डिलमा बस्दै चिया पिउँदै गर्दा नजिकै आएपछि एक्कासी बतासिए ।जसरी वनमा शिकारी देखेपछि मृग बतासिन्छ । पुल नकटुञ्जेल हेरिरहेँ । देखिन छोडेसी हातको चियामा हेर्दा झिँगा फटफटाउँदै थियो । उद्धार गरिदिएँ ।
 
नराम्रोलाई नराम्रो भन्नु अपराध होईन । यो त ऋत परम्परा हो । आशाका किरणहरु अस्ताएपछि कोठामा रहेको ऐना टल्कियो । झलक्क ऐना हेर्दा जँड्याहा,हावा, गरिब,ट्यापे लगायतका अनेकौँ स्वरुपले गिज्जाएझैँ लाग्यो । फेसबुक खोलेँ ।उसकै अनुहार बलिरहेको थियो । ग्रहण लागेको सूर्जे चन्द्र हेर्न हुन्न भन्ने सामाजिक मान्यता स्वीकारेँ । मुटुको ढुकढुकीमा पनि ग्रहण लाग्दै गयो । फेसबुकको स्टाटस राखेँ । कृष्ण ज्योति अर्थात् कालो ग्रहण ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ