arrow

ताईवान राष्ट्रपतिसँग ट्रम्पले औपचारिक छलफल गरेको चीनको ठहर

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
Trump_Tsai.jpeg
काठमाडौं । बिहीबार भएको भनिएको चिनियाँ स्वशासित क्षेत्र ताईवान र अमेरिकी नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अनौपचारिक नभएर औपचारिक छलफल भएको चीनले ठहर गरेको छ । शनिबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तीमा यस्तो ठहर गरिएको चिनियाँ सञ्चार संस्था द गार्जियनले जनाएको छ । 
 
चीनले अमेरिकी नवनियुक्त राष्ट्रपति ट्रम्पले शुक्रबारको टेलिफोन वार्तापछि चीनसँगको कूटनीतिक सम्बन्धमा आघात पु¥याएको ठहर पनि गरेको छ । उता, ट्रम्पले पनि त्साईसँग कुराकानी गरेको स्वीकार गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् आफूले टेलिफोन गरेको स्वीकार गरेका हुन्।  
 
उता, विदेश मन्त्रालयका प्रवक्ता जेन छ्वाङद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘ताईवान चीनको एक अभिन्न प्रान्त हो जहाँ चीनले शासन गरिरहेको छ । यो कुरा विश्वमा कतैपनि विवादित रहेको छैन ।’उत्तः विज्ञप्तीमा टेलिफोन वार्तालाई भन्दा पनि ताईवान चिनियाँ स्वशासित क्षेत्र हो भन्ने विषयलाई पुष्टि गर्नै प्रयास गरिएको छ । 
 
ताईवानको एक अनलाईन ताईपाई टाईम्सले बिहीबार दुई राष्ट्रपतिबीच भेटवार्ता भएको दाबी गरेको थियो । जुन वार्ता ताईवानका राष्ट्रपतिसँग १९७९ पछि पहिलो पटक भएको बताईएको छ । उक्त समाचारका अनुसार भेटमा त्साईले राष्ट्रपतिमा विजयी बनेकोमा ट्रम्पलाई बधाई दिँदै अमेरिका ताईवानबीचको सम्बन्ध पहिले जस्तै प्रगाढ हुने विश्वास व्यक्त गरेकी थिईन् । 
 
ताइवानलाई चीनले आफ्नो स्वशासित क्षेत्रको रुपमा मान्दै आएको छ । यसविरुद्ध नबोल्नको लागि चीनले पटकपटक विश्व शक्तिराष्ट्र लगायत सम्पूर्ण मुलुकसँग आग्रह गर्दै आएको छ । यसै विषयमा ताईवान र तिब्बत लगायतलाई स्वतन्त्र बनाउने विषयमा लबिईङ नगर्ने भनेर तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सोनले चीन भ्रमण गरी सो विषयमा सहमति र ऐक्यवद्धता जनाएका थिए । 
 
उनले सन् १९७२ मा एक साता लामो चीन भ्रमण गर्दै २० वर्ष देखिको दुईदेशीय कटुतापूर्ण व्यवहारको अन्त्य गराएका थिए । उनीपछि अमेरिकामा राष्ट्रप्रमुख बनेका राष्ट्रपतिले एकपटक ताईवानका राष्ट्रपतिलाई टेलिफोन गरेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अहिले अमेरिका पनि औपचारिक रुपमा नै एक चीन नीतिको समर्थनमा रहेको छ ।
 
तर, राष्ट्रपति पदमा निर्वाचित भईसकेका ट्रम्पले स्वतन्त्रताको माग गर्दै आएकी ताईवानकी राष्ट्रपतिलाई टेलिफोन गर्नुले चीन अमेरिका सम्बन्धमा दरार उत्पन्न गराउने हो कि भन्ने आशंका गरिएको चिनियाँ कूटनीतिज्ञहरुलाई उद्दृत गर्दै द गार्जियनले समाचार प्रकाशित गरेको छ । 
 
चिनियाँ कूटनीतिज्ञहरुले यो टेलिफोन वार्ता चिनियाँ नेताहरुलाई चिढ्याउने काम भएको टिप्पणी गरेका छन् । उता, अमेरिकाबाट प्रकाशित हुने सिनोसिजम नामक न्यूज लेटरले पनि यो टेलिफोन वार्ताले दुईदेशीय मित्रतामा असर पु¥याउन सक्ने आँकलन गरेको गार्जियनले जनाएको छ ।
 
उक्त न्यूजलेटरलाई उद्दृत गर्दै गार्जियनले लेखेको छ कि ‘हामीले छिट्टै नै बेइजिङबाट यसको प्रतिक्रिया आउने सम्भावना देखेका छौ ।’ न्यूजलेटरमा भनिएको छ ‘यसले दुईदेशीय मित्रतालाई कुनैदिन कठिन स्थानमा नपु¥याउला भन्न सकिँदैन ।’ 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ