arrow

‘यो सम्झिने मन छ म बिर्सूँ कसोरी...............’

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
narayan-gopal.jpeg
काठमाडौं । ‘यो सम्झिने मन छ म बिर्सूँ कसोरी..........’ भनेर गीत नै गाइसकेपछि उनलाई कसले बिर्सन सक्ला र । तर जतिजति समय घर्किदै जान्छ त्यतित्यति तिनको याद भने कम गर्न थालेका छन् आधिकारिक निकायका पदाधिकारीहरु । स्रोतामा भने उनी जतिसुकै यस धर्तीबाट गएको समय भए पनि फरक परेको छैन । किनकि ती कालजयी गीत गाउने अर्को पुस्ताले उनलाई भेट्टाउन सकेको छैन । 
 
हो, स्वरसम्राट नारायण गोपालको २६ औं स्मृति दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइंदै छ । ०४७ साल मंसिर १९ गते नारायण गोपालको निधन भएको थियो । 
 
१९९६ साल असोज १८ गते काठमाडौंमा जन्मिएका नारायण गोपालले २० वर्षे उमेरदेखि सुरु गरेको औपचारिक गायन यात्रामा स्वर्गकी ‘रानी मायाकी खानी’, ‘एउटा मान्छेको मायाले’, ‘म त लाली गुराँस भएछु’, ‘मलाई नसोध कहाँ दुःख छ घाउ’, ‘मेरो आँखालाई राख्ने’जस्ता सयौ कालजयी गीत गाएका छन् ।
 
मुडी स्वभावका नारायण गोपालले कयौं गीत त मुडकै कारण पनि गाएनन् । उनी सन्की गायक भएकोसमेत उनी निकटकाले भन्ने गरेका छन् । तर जतिसुकै आरोप लगाए पनि आखिर उनका गीतलाई भेट्टाउने कोही फेला परेको भए पो !
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ