arrow

सुनको आशंका गरिएको वस्तु परीक्षणको लागि विभागमा ल्याईयो, आजै विभागले टोली पठाउँदै

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
melamchi-sun.jpeg
काठमाडौ । मेलम्चीको सुरूङ मार्गमा पर्ने पहरो खन्ने क्रममा भेटिएको सुन जस्तो पदार्थ परीक्षणको लागि खानी तथा भूगर्भ विभागमा ल्याईएको छ । विहीबार भेटिएको भनिएको उक्त बस्तु आईतबार विहान ११ बजे विभागमा ल्याईएको विभागका एक अधिकारीले जानकारी दिए । स्याम्पल आईसकेको भएपनि त्यसको प्रयोगशाला परीक्षणको लागि स्थानीय प्रतिनिधि नआईसकेकोले उनीहरु आईसकेपछि मात्रै मुचुल्का फुकाउने तयारी गरिएको छ । 
 
त्यस्तै, प्रयोगशाला परीक्षण गरिएसँगै ४ जनाको अध्ययन टोली उक्त पहरो भएको स्थानमा पठाउने तयारी गरिएको पनि विभागले जनाएको छ । ४ जना पठाउने तय भईसकेको भएपनि कसको नेतृत्वमा पठाउने भन्ने विषय भने केही बेरमा तय गरिने विभाग स्रोतले जानकारी दियो । 
 
सुरूङमार्गमा पर्ने ‘हेडोक्स एरिया’मा सुन जस्तै पहेँलो बस्तु भेटिएपछि तत्कालको लागि सो क्षेत्रमा काम रोकेर सुरक्षा व्यवस्था कडा बनाईएको मेलम्ची आयोजना प्रमुख घनश्याम भट्टराईले जानकारी दिए । यसरी उक्त बस्तु पहिचान नभएसम्मको लागि काम रोकेको आयोजनाले अझै केही दिन काम रोक्ने देखिन्छ । 
 
सिन्धुपाल्चोकको हेलम्बू गाविस स्थित ‘रि वर्मा’ भन्ने खोल्सामा पहरो काट्ने क्रममा त्यस्तो बस्तु भेटिएको हो । आयोजनाको ‘पाईराईट वे’ मा भेटिएको यस्तो पदार्थ सुन तथा तामा जन्य धातु हुनसक्ने र यस्तो भएको खण्डमा स्थानीयको भीड लाग्न सक्ने भएकोले त्यहाँ रहेका नेपाली सेना र नेपाल प्रहरीलाई सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिईएको पनि भट्टराईले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ