arrow

युवा जुटे कुलो बनाउन

logo
कौरव खत्री,
प्रकाशित २०७३ मंसिर १९ आइतबार
karnkola-sicai.jpeg
गुल्मी । गुल्मीको वामी गाविसमा  विगत सात बर्ष देखि ठप्प रहेको करङ्गखोला–अर्छुङ् सिँचाई कुलो  सञ्चालनमा ल्याउन युवाहरु जुटेका छन् । गाविसको वडा नं. ७ को करङ्गखोला देखि वडा नं. ५ को अर्छुङ्सम्म आउने बावुबाजेको पालादेखि निरन्तर सञ्चालन हुदै आएको सिँचाइ कुलो बर्षा याममा पहिरो जाने र मोटरबाटो  निर्माण गर्ने लगायतका कारणले अबरुद्ध भएको थियो । 
 
अबरुद्ध  रहेको  सिचाई योजनालाई सञ्चालनमा ल्याउन स्थानीय युवाहरु मिलेर आफैले वडा नं.७ को करङ्गखोला देखि वडा नं. ५को अर्छुङ्सम्मको ६ किलोमिटर लम्बाइको कुलो स्थानीय युवाहरु आफैले खनेको वामी ५ अर्छुङ्का समाजसेवी धर्मेन्द्र केसीले जानकारी दिए ।
 
गाँउका  खेतबारीहरुमा उचित सिचाईको अभावले खेतीपाती तथा तरकारीखेती  लगायतमा सिचाई समस्या भएपछि  स्थानीय युवाहरुले कसैको आश नगरी गाँउमा सिचाई कुलो सञ्चालन गरि गाँउलाई कृषिमय बनाउन यस्तो अभियान थालीएको केसीले बताए ।
 
अबरुद्ध सिँचाइ कुलोलाई अझै ब्यवस्थित गरि सञ्चालनमा ल्याउनको लागि आर्थिक संकलन अभियानलाई समेत तिव्रता दिइएको छ । उक्त अभियानबाट सोहि गाविस वडा नं. ५ अर्छुङमा घर भएका हाल विदेशका विभिन्न देशहरुमा रहनुभएका व्यक्तिहरुबाट  संकलन गरिएको नगद रु. १ लाख बराबरको नगद सहयोग कुलो निमार्णको लागि जुटेको छ ।  
 
 
अभियानद्धारा संकलित आर्थिक सहयोग रकमले सिचाई पाइपहरुको प्रयोग गरिने बताइएको छ । सिचाई कुलो सञ्चालन गरेपछि गाउँमा कुटानी पिसानीको सहजताका लागि पानी घट्टा समेत सञ्चालन गरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ