arrow

गाविस खोपयुक्त भएपछि स्थानीय खुशी

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
VDC-khopyukta.jpeg

डोटी । डोटीको लडागडा गाविस पूर्ण खोपयुक्त गाविस घोषणा भएको छ । लडागडा जिल्लाको ३५औँ खोपयुक्त गासिका भएको हो । गाविसमा जन्मे देखि २३ महिनासम्मका बालबालिकाहरुले पाउनु पर्ने सम्पूर्ण खोप पाएपछि एक कार्यक्रमबीच पूर्ण खोप युक्त गाविस घोषणा गरिएको हो । गाविस खोपयुक्त घोषणा भएपछि स्थानीय खुशी भएका छन् ।

कार्यक्रममा स्थानिय विकास अधिकारी कृष्ण प्रसाद गौतमले त्यहाँका स्थानीयलाई अनिवार्य खोप लगाए विभिन्न रोगहरुबाट बच्न सकिने जानकारी गराए । अभियानलाई निरन्तर रुपमा अगाडि लैजानु पर्नेमा स्थानीय विकास अधिकारी गौतमले जोड दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले स्वस्थ मानिस नै कमाईको धन हो–भने । त्यसैले सबैले आ–आफ्ना बच्चालाई अनिवार्य नियमितरुपमा खोप लगाई दीर्घ जीवनमा लान र रोगबाट बचाउन सुझाए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत राम स्वार्थ याधवले दीर्घ रोगहरुबाट बालबच्चाहरुलाई बचाउन खोप अभियानलाई अनिबार्य बनाइएको जानकारी दिए ।
 
नेपाली कांगे्रस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजय खड्का, गैसस महासंघका अध्यक्ष रघु कठायत लगायत वक्ताहरुले अभियालाई दिगो रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिए । त्यसक्रममा खोप युक्त गाविस घोषणा गर्न सहयोग गर्ने व्यक्ति, संस्था सम्मानित भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ