arrow

स्मिथको गर्विलो प्रदर्शनले अष्ट्रेलियासँग न्युजिल्याण्ड पराजित

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
255920.jpeg
एजेन्सी । अष्ट्रेलिया र न्युजिल्याण्डबीचको पहिलो एक दिवसीय क्रिकेटमा न्युजिल्याण्ड ६६ रनले पराजित भएको छ। अाइतबार सिडनी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले व्‍याटिङ् गरेकाे घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २४ रनको योगफल तयार पार्‍याे ।
 
अष्ट्रेलियाका लागि आक्रमक प्रदर्शन गरेका कप्तान स्टेभेन स्मिथले १ सय ५७ बलको सामना गर्दै १ सय ६४ रन बनाए । यस्तै, ट्रभिस हेडले ५२ तथा म्याथ्यु वेडले ३८ रनको योगदान गरे । न्युजिल्याण्डका लागि माट हेन्री,ट्रेन्ट बाेल्ट तथा जेम्स निशमले समान २-२ विकेट लिए । 
 
३ सय २५ रनको चुनाैती पछ्याएकाे न्युजिल्याण्डको सुरुवात राम्रो हुन सकेन । उसका लागि मार्टिन गुप्तिलले १ सय १४ तथा बीजे वाट्लिंगले ४९ रनको  योगदान गरे पनि अन्य व्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । टाेली  ४४ ओभर २ बलमा अलअाउट हुँदै २ सय ५६ रनमै समेटियो। 
 
न्युजिल्याण्डलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका जोश हेजल्वुडले ३ ,अडम जम्पा, पट कम्युन्स तथा मिचेल मार्शले समान  २-२ विकेट लिए ।  खेलकाे 'प्लेयर अफ दी म्याच' अष्ट्रेलियाका स्टेभेन स्मिथ घोषित भए । यो जितसँगै ३ खेलको श्रृखंलामा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ । यी दुईबीचकाे दोस्रो दिवसीय मंगलबार हुनेछ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ