arrow

बाजुरामा किन तर्सिन्छन् स्वास्थ्यकर्मी ?

हात धुने पानी समेत छैन स्वास्थ्य कार्यालयमा

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
Doctor-np.jpeg
बाजुरा । जिल्लाको उत्तरी भेग कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र नर्सको भरमा संचालन हुदै आएको छ । कार्यालय प्रमुख नहुदा स्वास्थ्य संस्थाका सबै कामहरु अनमी र स्टाफ नर्सले गर्नुपर्ने बाध्यता रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरलाई स्वास्थ्य संस्थामा बस्नका लागि सहज वातावरण नभएकै कारण प्राथमिक स्वास्थ्य केन्द्रमा बस्न नमानेको स्फाट नर्स प्रमिला विष्टले बताइन् ।
 
 उनले रातीको समयका स्थानियहरु मदिरा सेवन गरी गालि गलौज गर्दै कुटपिटको प्रयास गर्ने गरेकाले स्वास्थ्य संस्थाका सेवाग्राहीहरुलाइ सेवा दिन असहज बन्दै गएको बताएकी छन् । प्राथमिक स्वास्थ्य संस्थामा विभिन्न बाहानामा स्थानिय युवाहरुले धम्की दिने गरेको विष्टको भनाइ रहेको छ । उनले स्वास्थ्य संस्थामा औषधीको अभाव नभएपनि विरामी जाँच गर्ने डाक्टर नभएकाले स्टाफ नर्स र अनमीहरुले विरामी जाँच गर्नुपरेको बताइन् । 
 
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर त के अहेवहरु समेत छैनन् । डाक्टर अहेवले गर्ने काम स्टाफ नर्सले गर्न गरेका छन् । प्राथमिक  स्वास्थ्य केन्द्रमा दुइ डाक्टर एक अहेव अनिवार्य हुनुपर्ने प्रावधान रहेको भए पनि सो नियम यहाँ लागस भएको छैन  विष्टले भनिन् - 'प्राथमिक स्वास्थ्य केन्द्रमा सबै जिम्मेवारी स्टाफ नर्सले लिन नसक्ने भएकाले अहिले असजता भएको छ' । डक्टरहरु एक वर्ष मात्र बस्ने भएकाले झन् समस्या हुदै गएको उनले बताइन् । 
 
साथै विष्टले कोल्टीमा खानेपानी नहुदा अझ समस्या थपिएको बताइन् । उनले भनिन् -  'हामिले प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिनामा २० भन्दा बढि गर्भवतीलाई सुत्केरी गराउदै आएका छौ । यहाँ हात धुने समेत पानी छैन । सुत्केरी गराएपछि नुहाउनको साटो हामि स्प्रीडले हात सफा गरेर सेवा दिन बाध्य छौँ ।' 
 
 जिल्ला स्वास्थ्य कार्याल बाजुराका प्रमुख डाक्टर मोहन नाथले,  वद्रि बैदार सरुवा भएर अर्को जिल्ला गएको र अर्का  डाक्टर विकल लामिछाने विदामा रहेको बताए । उनले लामिछानेलाई  तत्काल जिल्लामा बोलाउने समेत जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ