arrow

लुटिँदै कि भुटिँदै काँग्रेस

निधिलेसमेत गरे देउवासंग दलाली

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
congress.jpeg
काठमाडौं । नेपाली काँग्रेस अहिले स्थायित्वमा रहेका दलहरुमध्येको सबैभन्दा पुरानो दल हो । प्रजातन्त्रको मियोको रुपमा रहेको काँग्रेस हरेक परिवर्तनको साक्षी हो । यसैले साक्षी बन्दा कहिलेकाहीं गलत कामको शिकार पनि बन्न सकिन्छ । तर हरेक राजनीतिक परिवर्तनको नेतृत्वमा काँग्रेस नै हुने गर्छ । ठूलो दल भएकाले यसलाई फुटाउन सकिए आफूले राज गर्न पाइन्थ्यो कि भनेर मौकामा चौका हान्ने  र समय समयमा च्याँखे थाप्नेहरुको कमी छैन । 
 
यतिबेला संविधान संशोधन दर्ता भएपछि एकाएक काँग्रेस सबैभन्दा आँखाको तारो बनेको छ । काँग्रेसले एकातिर तराईका माग संवोधन गर्ने नाममा तराई र पहाडलाई फुटाउन मद्धत गर्न खोजिरहेको छ भने अर्कातिर स्वार्थमा लिप्त हुँदै गएका प्रचण्डको काँध थापिरहेको छ । 
 
खासमा यो समयमा काँग्रेसलाई फुटाएर आफ्नो अभिष्ट पूरा गर्नमा भारतदेखि चीनसम्म अनि काँग्रेसभित्रैका नेतासमेत लागिरहेका छन् । विभिन्न स्रोतका अनुसार काँग्रेसलाई ध्वस्त पारेर आफू अगाडि बढ्न माओवादी र एमाले जोडतोडका साथ लागेका छन् ।
 
 काँग्रेसभित्र नेतृत्व आफूलाई दिएर सरकारको नेतृत्व सम्हाल्न सजिलो हुनेसमेत टिप्स दिन थालेका छन् । एमालेले पनि खेल्न खोजेको छ । एमाले अध्यक्ष केपी ओलीले काँग्रेसलाई टुक्राउन सके आफू सफल हुने दाउ खोजेका छन् । 
 
उनले काँग्रेस नेता डा रामशरण महतलाई मोहरा बनाउन खोजेका छन् । महतले ओली निवास बालकोटमा गएर उनको आशीर्वादसमेत 
लिएर आएको स्रोतले बताएको छ । ओलीले काँग्रेसलाई टुक्राउनका लागि महतलाई ‘तपाई प्रजातन्त्र आएदेखि नै नेपाली काँग्रेसको एक महत्वपूर्ण पदमा रहिरहनु भएको छ, तपाईँलाई अन्तर्राष्ट्रिय जगतले राम्रोसंग चिन्छ, तपाईँको समर्थन पनि गर्छ, तपाईँ नयाँ सरकारको नेतृत्व लिन कसरत गर्नुस् एमालेले समर्थन गर्छ’ भनेका छन् । 
 
योसंगै रामशरण महतको भुइँमा खुट्टा छैन । उनी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि जाँच्न व्यस्त छन् । प्रचण्डले आफ्ना जड्याहा पार्टनर शेरबहादुर देउवालाई कतैबाट पनि उम्कन दिएका छैनन् । 
 
उनले देउवालाई ट्रयापमा पारेजस्तो गरिरहेका छन् । काँग्रेसकै नेताहरु प्रदेश टुक्रयाउन दिनु हुन्न भनेर संविधान संशोधनको विरोधमा रहेका बेलामासमेत देउवाले केही पनि फरक नपर्ने बताउँदै आएका छन् । त्यसो त काँग्रेसका सबैभन्दा छट्टु नेता भएर निस्केका छन् विमलेन्द्र निधि ।
 
 उपप्रधानमन्त्री भइसकेपछि तीन पटक भारत गएर आएका निधि यस्तो लाग्छ उनी हरतरहबाट भारतकै दलाली गरिरहेका छन् । उनले आफूलाई भारतको खास मान्छे भएकोसमेत बताउने गरेका छन् । 
 
यसपटक निधिले देउवासंग गरेको कुरा निकै खतरनाक छ । निधिले देउवालाई ‘तपाईँलाई भारतले त्यति मन पराएको छैन, उसको इच्छा बिना तत्काल केही उपलब्धि हासिल हुन सक्दैन, भारतको विश्वास पूर्णत मलाई प्राप्त भएकाले अब सरकारको नेतृत्व गर्ने वातावरण मलाई बनाइदिनुस् अनि तपाईँ सधै केन्द्रमा रहिरहनुस् ।
 
’निधिले देउवालाई यस्तो ठाडो आरोपसहित शत्तिः आफ्नो हातमा लिन खोजेपछि यतिबेला देउवा पनि रन्थनिएका छन् । आफूले विश्वास गरेको पात्रले आफूलाई यसरी धोका दिन्छ भनेर देउवाले सोच्नसमेत सकेका थिएनन् ।
 
 तर गलत मान्छेहरुको साथमा रहँदा धोका पाइन्छ भनेर देउवाले कहिल्यै बुझेनन् । किनकि उनले राजनीतिमा धोका खान भन्दा पनि पहिले धोका दिन जाने । 
 
एमालेले काँग्रेसलाई फकाउन सके प्रचण्ड सरकार स्वतः ढल्नेसमेत आँकलन गरेको छ । ओलीले रामशरणलाई भड्काएपछि राप्रपाका अध्यक्ष कमल थापालाई तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई पनि भेटिसकेका छन् ।
 
 के साँच्चै काँग्रेसमा आफ्नो स्वार्थमा लाग्ने हो भने लुटिंदै छ वा भुटिँदै छ यसै भन्न सकिन्न । किनकि ८० प्रतिशत बढी हिन्दू भएको देशमा धर्म निरपेक्ष लाग्न अहम् भूमिका खेल्ने काँग्रैस हो । त्यसैगरी जनताको मत नबुझी एमाले र माओवादीको पछि लाग्ने पनि काँग्रेस नै हो । (जनभावना साप्ताहिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ