arrow

अनौपचारिक कक्षामार्फत तीन हजार बढी साक्षर

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
education.jpeg
कञ्चनपुर । अनौपचारिक कक्षामार्फत कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–३ मा रहेको जनसामुदायिक अध्ययन केन्द्रले तीन हजार बढी निरक्षरलाई साक्षर बनाएको छ । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरको आर्थिक सहयोगमा अनौपचारिक कक्षा सञ्चालन गरी केन्द्रले तीन वर्षको अवधिमै तीन हजार ३९४ जनालाई साक्षर बनाएको हो । 
 
अनौपचारिक कक्षामा सहभागीभै साक्षर हुनेमा तीन हजार ८८ जना महिला र ३०६ जना पुरुष रहेको अध्ययन केन्द्रका अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । साक्षर हुनेमा १८ वर्षदेखि ४० वर्ष उमेरका प्रौढ बढी रहेको उनको भनाइ रहेको छ । 
 
“अनौपचारिक कक्षामा सहभागी भएकाले लेखपढ गर्न सक्नुका साथै घरायसी हिसाबकिताब गर्नसक्ने भएका छन् उनले भने, विगतमा पढन नजानेर अरुलाई पढ्न लगाउने महिला आजभोलि आफै लेखपढसँंगै हिसाब गर्ने भएका छन् ।” 
 
कक्षामा सहभागी भई लेखपढ गर्न सक्ने भएका महिलालाई समूहमा आबद्ध गरी आयआर्जन हुने कार्यमा समेत संलग्न गराइएको केन्द्रका कोषाध्यक्ष लक्ष्मण चौधरीले बताए । 
 
महिलाका २० वटा समूह गठन गरी आयआर्जनका कार्यक्रम सञ्चालन गर्नका लागि रु १० हजारका दरले अनुदान रकम उपलब्ध गराएका छौँ उनले भने, “समूहमा आबद्ध भएका महिलाले बचत सङ्कलन गरी व्यावसायिक तरकारीखेतीमा संलग्न भई आत्मनिर्भर भएका छन् ।” 
 
विसं २०६६ मा स्थापना भएको अध्ययन केन्द्रले विद्यालय भर्ना अभियान, घरेलु हिंसाविरुद्धको सचेतना, संस्कृति जर्गेना, रुढीवादी परम्परा निरुत्साहित गर्ने कार्यलाई समेत अगाडि बढाउँदै आएको केन्द्रका पदाधिकारीले बताएका छन् । 
 
यससँगै सीप विकास, क्षमता अभिवृद्धि, सामाजिक सद्भाव र प्रकोप प्रभावितको उद्धार, राहत वितरणको कार्यमा समेत केन्द्रको संलग्नता रहँदै आएको छ । 
 
केन्द्रले चालु आवभित्रै जिल्लालाई साक्षर घोषणा गर्ने कार्यमा सघाउ पु¥याउनका लागि स्वयम्सेवक परिचालन गरी निरक्षर रहेकाको विवरण सङ्कलन गरी साक्षर गराउने कार्य अगाडि बढाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ