arrow

ऐश्वर्याले गरिन् आत्महत्याको प्रयास

भनिन्–यस्तो जिन्दगी बाँच्नु भन्दा मर्नु जाती’

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
aaishwarya-rai-bachhan.jpeg
मुम्बई । पूर्व विश्व सुन्दरी तथा बलिउडकी सफल नायिका ऐश्वर्या राय बच्चनले आत्महत्याको प्रयास गरेकी छिन् । अमिताभ बच्चनकी बुहारी ऐश्वर्याले पछिल्लो चलचित्र ‘ऐ दिल है मुस्किल’ चलचित्रमा दिएको यौनिक दृश्यले परिवारबाट आलोचना खेप्नु परेको भन्दै आत्महत्याको प्रयास गरेको बुझिएको छ । 
 
उनले आफूलाई समयमै उद्दार गरेर घरमै उपचार भइरहेको होशमा आएपछि थाहा पाएसंगै तत्काल भनेकी थिइन्, ‘मलाई मर्न देऊ, यस्तो तरिकाले बाँच्नु भन्दा त मर्न नै वेश ।’
 
भारतीय विभिन्न संचारमाध्यमका साथै सामाजिक सञ्जालमा ऐक्वर्याको यो फोटो भाइरल भइरहेको छ । 
 
उनको सो चलचित्र परिवारका कसैले पनि हेरेनन् । अमिताभले ऐश्वर्याले पक्कै बहादुरीपूर्ण भूमिका खेलेको हुनुपर्छ भने पनि सासु जयाले भने ‘बच्चन परिवारको नाक काटिएको’ प्रतिक्रिया दिएकी थिइन् । 
 
त्यस्तै पति अभिषेकले म फुटबल टीममा व्यस्त भएकाले चलचित्र हेर्न नपाएको प्रतिक्रिया दिएका थिए । 
 
ऐश्वर्याले आत्महत्या प्रयास गरेपछि चिकित्सकलाई घरमै बोलाएर उनको उपचार गरिएको बताइन्छ । 
 
तर यो घटना कहिलेको हो भन्ने खुलेको छैन । यो तस्वीरको स्रोतसमेत खुलेको छैन । साँच्चै हो वा अफवाह हो भन्नेसमेत यकिन भएको छैन । 
 
तर ऐश्वर्याले यस्तो सिन कुनै चलचित्रमा नखेलेको भारतीय अनलाइनहरुले लेखेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ