arrow

न्युजिल्याण्डका प्रधानमन्त्रीले दिए राजिनामा

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
john-key.jpeg
वेलिङ्गटन। न्युजिल्याण्डका प्रधानमन्त्री जोन किले सोमबार आफ्नो पदबाट अप्रत्याशित रुपले राजिनामा दिएका छन् । बिगत आठ वर्षदेखि सफलतापूर्वक पदभार सम्हाल्दै आई न्युजिल्यान्डमा प्रधानमन्त्री जोन कि ले लोकप्रियता कमाएका थिए ।  अत्यन्त भावुक भै थरथराएको आवाजमा प्रधानमन्त्रीले आफ्नो राजिनामाको घोषणा गरेसँगै सम्पूर्ण मुलुक स्तब्ध भएको छ ।
 
आगामी वर्ष न्युजिल्याण्डमा हुन गै रहेको आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री जोन फेरी चौथो पटक पनि उठ्ने अडकल धेरैजसो राजनीतिज्ञ तथा आम जनताहरुले गरेका थिए । तर यस जनभावना बिपरित प्रधानमन्त्रीको राजिनामाको घोषणाले आम जनतालाई अचम्मित तुल्याएको छ  ।
 
आफ्नो आठ वर्षे कार्यकालमा पारिवारिक सुख शान्तिको कुनै चिन्ता नै नगरी राष्ट्रका निम्ति निरन्तर योगदान पुर्‍याएको, सबै जनताप्रति समर्पित रहेको, कहिले पनि बदनाम हुनु नपरेको, जनतामाझ लोकप्रियता कमाएको र न्युजिल्यान्डको राजनीतिक शिखरमा पुगेको परिप्रेक्षमा सबैले वाह वाह गरिरहेकै बखत पदत्याग गर्नु उत्तम र उचित लागेरै राजिनामा दिएको भन्ने प्रधानमन्त्री जोनको कथन छ । 
 
प्रधानमन्त्री जोनको दल – नेशनल पार्टीको केन्द्रिय भेला आगामी डिसेम्बर १२ का दिन आयोजना गरिएको छ । सो भेलाले पार्टीका नयाँ प्रमुख र प्रधानमन्त्रीको उम्मेदवारको पनि चयन गर्नेछ । सोही दिन न्युजिल्याण्डका राष्ट्रप्रमुख – गभर्नर जनरल समक्ष औपचारिक राजिनामा पेश गर्ने आफ्नो कार्यक्रम रहेको प्रधानमन्त्री जोनले खुलासा गरे। एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ