arrow

हाकुको पहिरो देखेर तर्सिए धुर्मुस सुन्तली

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
hakupahiro.jpeg
काठमाडौँ ।  बालमैत्री देश निर्माणको अभियान लिएर देश दौडाहामा रहेका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई रसुवास्थीत हाकुको पहिरोले पिरलेको छ । बालमैत्री फिल्म ‘ज्योति’ प्रर्दशनका लागि रसुवाको धुन्चे पुगेका उनीहरुलाई स्थानीय पत्रकारले हाकु र डाँडा गाउँबासीको पहिरो पिडाबारे बताएपछि बिस्थापित परिवारसँग भेट समेत गरेका छन् ।
 
 धुन्चे पुगेका धुर्मुस सुन्तलीले हाकुबाट बिस्थापित भएकाहरुलाई प्रत्यक्ष रुपमा भेट गरेर उनीहरुको पिडा र समस्याबारे बुझेका छन् । भूकम्प पश्चात पहिरोका कारण ७ सय परिवारभन्दा बढी बिस्थापित भएकाहरुको अहिलेसम्म पुर्नस्थापित हुन नसकेको स्थानीयले बताएका छन् । गुठीको जग्गा भएका कारण लालपुर्जा समेत नभएकाले भूकम्प पिडितले पाउने राहात रकम पाउन मुस्किल परेको हाकुबासीले बताएका छन् । 
 
एक वर्षसम्म विभिन्न संघ,संस्थाले खाद्यान्नहरु उपलब्ध गराएकाले सजिलो भएपनि अहिले निकै समस्या भएको उनीहरुको भनाई छ । सरकारले निर्धक्कका साथ टाउको लुकाउने बासको व्यवस्था गर्न जग्गा उपलब्ध गराएमा परिश्रम गरेर जिविका चलाउने भूकम्प एवं पहिरो प्रभावित दोर्जे विन्जोको योजना छ । “घर छ, जग्गा छ हेर्दा माया लाग्छ तर, पहिरोको डरले धुन्चेको डाँडाबाट घरबारी हेरेर बस्नुपर्ने बाध्यता छ”, भावुक हुँदै दोर्जेले धुर्मुसलाई सुनाए ।
 
जिविकोपार्जका बारेमा धुर्मुसले जिज्ञासा राख्दा पहिरो प्रभावित दार्जेले ज्याला मजदुरी गरेर परिवार पालिरहेको दुखेसो पोखेका थिए । उनले भने, “खानको लागि त दैनिक काम गरेर पनि जोहो गरिरहेका छौँ, सुरक्षित ठाउँमा जग्गा नहुँदा सुकुबासी बन्नु परेको छ ।”    उनीहरुको समस्या सुनेपछि धुर्मुसले हाकुबासीको समस्यालाई सरोकारवाला निकायसम्म पुर्याउने प्रतिवद्धता जनाएका छन् । 
 
पत्रकारसँग छलफल गर्दै कुञ्जना घिमिरेले, हाकु र डाडाँगाउँका भूकम्प र पहिरोबाट बिस्थापित भएकाहरुलाई कुनै सुरक्षित ठाउँमा एकिकृत बस्ती बनाएर राख्ने सकिने सम्भावना औँल्याएकी छिन् । त्यसका लागि सरकार र सरोकारवाला निकायसँग पत्रकारले समन्वय गर्न सुझाव दिएकी छिन् । धुर्मुस सुन्तली फाउण्डेशन पिडितको पिडामा मल्हम लगाउने कार्यमा सम्बन्धित निकायलाई घच्घचाएर अघि बढ्ने उनीहरुले बताएका छन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ