arrow

रेडबुल फुटसल लिग : कुमारी र बानेश्वर रिक्रेसनलको सानदार जित

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
FOOTsal-aa.jpeg

काठमाडौं । राष्ट्रिय फुटसल लिगमा कुमारी फुटसल र बानेश्वर रिक्रेसनल सेन्टरले सानदार जित हासिल गरेका छन् । आफ्नै घरेलु मैदानमा भएको खेलमा समुह एको कुमारीले विजी ब्रदर्शमाथी १५–२ को फराकिलो जित निकाल्यो ।

जारी लिगमा एकै खेलमा धेरै गोल गर्ने कीर्तिमान बनाउने क्रममा कुमारीका अविशेक रिजालले तीन ह्याट्रिक पुरा गर्दै १० गोल गरे । कुमारीका लागि दिकेश खड्कीले समेत ह्याट्रिक पुरा गर्दा रुपेश क्षेत्री र सुभेत लामाले एक–एक गोल गरे ।  बीजी ब्रदर्शका नारायाण सम्बोहाम्फेले दुई गोल फर्काए । तीन ह्याट्रिक पुरा गरेका अविशेक खेलमा म्यान अफ दि म्याच समेत चुनिए ।

जितसँगै १२ खेलबाट कूमारी फुटसल २६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । हार बेहोरेको विजी ब्रदर्श उक्र समूहमा १९ अंकका जोड्दै सातौँ स्थानम छ । बी समूहमा समान खेलबाट २८ अंक जोडेको शंखमूल फुटसल पहिलो र २२ अंक जोडेको ताहाचल तेस्रो स्थानमा छन् ।

त्यस्तै, दोस्रो खेलमा समूह एको पाहूना टोली बानेश्वर रिक्रीएसनल सेन्टरले चौर रिक्रिएसनल सेन्टरविरुद्ध ८–२ को जित निकाल्यो । बानेश्वरका लागि दिपु लामाले चार गोल गरे । पूर्ण बहादुर केसीले दुई तथा कर्फु रसाइली र मनिष रानाले एक–एक गोल गरे ।

बानेश्वरका डिफेन्डर पूर्ण खेलमा म्यान अफ दि म्याच समेत घोषित भए । चौरका लागि सन्जोग महर्जनले दुई गोल फर्काए । जिपश्चात बानेश्वर समूह एमा १२ खेलबाट २ अंकका साथ पहिलो स्थानमा छ । हारपछि चौर १२ खेल खेल्दै ७ अंकका साथ आठौँ स्थामा छ । तथा समान ११ खेलबाट २७ अकं जोडेको किक अफ दोस्रो र २२ अंक जोडेको ढुकु तेस्रो स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ