arrow

तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधन

logo
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
jayalalita.jpeg
तमिलनाडु । भारतको तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधन भएको छ । ७५ दिनदेखि अस्पतालमा उपचाररत रहेका बेला जयललिताको सोमबार राति स्थानीय समय अनुसार ११ः३० बजे चेन्नईमा रहेको अपोलो अस्पतालमा निधन भएको थियो । 
 
फोक्सोमा आएको समस्याका कारण जयललिताको ६८ वर्षको उमेरमै निधन भएको अस्पतालले जनाएको छ । यसअघि सोमबार साँझ नै जयललिताको निधन भएको समाचार सार्वजनिक भएपछि अस्पतालले त्यसलाई गलत भनेको थियो । 
 
त्यसपछि भने मन्त्रिपरिषदको बैठक बसेको थियो । कुनै जमानाकी नायिका जयललिताको निधन भएसंगै राति नै उनको टिमका अर्थ मन्त्री पन्नीरसेल्वमले मुख्य मन्त्रीको सपथ लिएका छन् । 
 
उनको पार्थिव शरीरलाई मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि राजाजी गार्डनमा राखिने जनाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ