arrow

संविधान संशोधनबारे काँग्रेसको किन आएन आधिकारिक धारणा ?

logo
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
congress.jpeg
काठमाडौं । सरकारले व्यवस्थापिका–संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको एक साता वितिसक्दा पनि सत्तारुढ दल नेपाली कांग्रेसले संशोधनबारे पार्टीको आधिकारिक धारणा तय गर्नै सकेको छैन ।
 
नेपाली कांग्रेसका नेताहरुले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसद सचिवालयमा दर्ता भएको र संसदमा समेत प्रवेश गरेकाले विधिवत्  ढंगबाट टुंगो लगाउनुपर्ने विभिन्न औपचारिक कार्यक्रममा बताउँदै आएका छन् ।
 
कांग्रेसका शीर्ष नेताहरु देश दौडाहामा लागेर आ आफ्नो भनाइ सार्वजनिक  गर्नेवाहेक संस्थागत धारणा तय गर्न नेतृत्वले बैठक नडाकेकोप्रति नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । 
 
कांग्रेसको प्रत्यक्ष सहमतिमा संविधान संशोधन प्रस्ताव दर्ता भए पनि त्यसमा पार्टीभित्रै धेरै नेताको विमति रहेको कांग्रेस नेता डा रामशरण महतले बताए । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ