arrow

सुरु भएन मेलम्ची आयोजनाको काम

logo
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
melamchi-water-project.png
काठमाडौं । सुन भेटिएको आशंका गर्दै बन्द गरिएको मेलम्ची सुरूङ मार्गको निर्माण कार्य अझै सुरू हुन सकेन । गत विहीबार कामगर्दै गर्दा सुन जस्तो पहेँलो धातु भेटिएपछि बन्द गरिएको काम अझै सुरू नभएको मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख घनश्याम भट्टराईले जानकारी दिए । 
 
बिहीबार नै काम रोकेर परीक्षणको लागि खानी विभाग पठाउने तयारी गरिएको भएपनि परीक्षणको लागि आईतबार मात्रै स्याम्पल खानी तथा भूगर्भ विभागमा आईपुगेको थियो । विभागले २४ घण्टासम्म प्रयोगशालामा राखेर गरेको परीक्षणबाट सुन नरहेको पुष्टि गरेको थियो । आयोजनाका प्रतिनिधि, स्थानीय र प्रहरी समेतको संलग्नतामा ल्याईएको उक्त बस्तु बाटैबाट साँटेर ल्याईएको भनेर स्थानीयले विभागमा नै आपत्ति पनि जनाएका थिए । 
 
उता, आयोजना प्रमुख भट्टराईलाई आयोजनाको काम सुरू भएको नभएकोबारे बुझ्नखोज्दा उनले काम सुरू नभएको पुष्टि गरे । सुन नभएको पुष्टि हुँदा पनि किन काम सुरू भएन त काम भन्दा  यस विषयमा साँझ मात्रै जानकारी दिन सकिने बताए । ‘म अहिले यस विषयमा कुरा गर्न सक्दिन बैठक बसिरहेका छौं साँझ मात्रै यसको जानकारी दिन सक्छौं ।’ उनले हाम्राकुरा सँग भने । 
 
आयोजनाको सुरुङ मार्गमा सुन भेटिएको आशंका भएसँगै काठमाडौंबासीमा भने कतै मेलम्ची आयोजनाको निर्माण कार्य पनि प्रभावित बन्ने त होईन भन्नेमा आशंका सुरू भईसकेको थियो । उक्त बस्तु धातु भएको खण्डमा सो क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गरियो भने त्यसपछि काठमाडौ बासीको वर्षौदेखिको आशाको केन्द्र मेलम्ची आयोजनाको भविष्य के होला भन्ने आम मानिसको चासोको विषय बनेको हो । तर सो बस्तु सुन नभएको पुष्टि भईसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ