arrow

न्यूजिल्याण्डमाथि अष्ट्रेलिया हावी : एक खेल अगावै एक दिवसीय श्रृंखला कब्जा

logo
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
AUST-new-win.jpeg

एजेन्सी । अष्ट्रेलियाले एक खेल अगावै न्यूजिल्याण्डविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला कब्जा गरेको छ । मंगलबार क्यानबेरामा भएको दोस्रो एक दिवसीय एक सय १६ रनले जित्दै अष्ट्रेलियाले एक खेल अगावै श्रृंखला कब्जा गरेको हो ।

दोस्रो एक दिवसीयमा टस हारेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ७८ रनको विशाल योगफल बनायो । ३ सय ७९ रनको चुनौती पछ्याएको न्यूजिल्याण्डले ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ६२ रन मात्रै बनाउन सक्यो ।

न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ८१ रन बनाए । यस्तै, जेम्स निशामले ७४ र मार्टिन गुप्तिलले ४५ रन जोडे । न्यूजिल्याण्डलाई सस्तैमा समेट्न अष्ट्रेलियन बलर पाट कुमिनिज एक्लैले ४ विकेट लिए ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरको एक सय १९ रन महत्वपूर्ण रहयो । वार्नरले ए सय १५ बल खर्चेर उच्च स्कोर बनाए । मिचेल मार्शले अविजित ७६ रन बनाउँदा कप्तान स्टेभेन स्मिथले ७२ तथा ट्राभिस हेडले ५७ रनको योगदान गरे । न्यूजिल्याण्डका टिम साउथीले २ विकेट हासिल गरेपनि अष्ट्रेलियालाई उच्च स्कोर बनाउनबाट रोक्न सकेनन् ।

जितसंगै अष्ट्रेलियाले तीन खेलको एक दिवसीय श्रृंखलामा २–० को अग्रता लिएको  छ । यसअघि भएको पहिलो एक दिवसीयमा अष्ट्रेलिया ६८ रनले विजयी भएको थियो । तेस्रो एक दिवसीय समेत अष्ट्रेलियाले जिते न्यूजिल्याण्ड ह्वाइटवासमा पर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ