arrow

ऐतिहासिक रुखको संरक्षणमा सरकार नै लागेपछि

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
tree-history-1.jpeg
झयाङझी । जब राम्रा काममा सरकार लाग्छ तब उसले प्रशंसा बटुल्छ । अझ इतिहास नै बटुलेको कुनै चिजको संरक्षणमा लाग्छ तब त्यसमा खास छ भन्ने बुझ्न सकिन्छ । चीनको झियाङझीमा रहेको यो रुख पनि खास छ भनेरै सरकारले संरक्षण गरेको छ । 
 
हुनत यसले निकै दुःख खेपेको छ । र पनि तीन सय वर्ष पुरानो यो कीर्तिमानी रुखलाई संरक्षण गर्न स्थानीय सरकार तातेको छ । चट्याङ लागेर यसको फेद नै छेडिएको छ ।
 
 
यसले शरीर धान्न सक्ने हैसियत राख्न छोडिसक्यो । तर यो चिसो मौसममा पनि फुल्न भने छाडेको छैन । धर्म निभाएकै छ । तर यसलाई टेको भने दिइएको छ । 
 
चीनको विशेषता पर्यटक तान्नु हो । यस रुखले पर्यटक तान्ने आशा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ