arrow

लालुपाते फुलेर लाल हुन्थ्यो तर फुल्नै छोड्यो

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
Lalupate_flower-&-Himalayas,-Nepal.jpeg
बेनी । केही वर्षअघिसम्म मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा दुई वर्षयता लालुपाते फुल्नै छोडेको छ । माटोमा अम्लीयपना बढ्नुका साथै तापक्रम वृद्धिको असरका कारण फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको वन तथा वातावरणको क्षेत्रमा काम गर्ने व्यक्तिले बताएका छन् । 
 
म्याग्दीका ज्यामरुककोट, शिख, हिस्तान, भकिम्ली लगायतका क्षेत्रमा रहेका लालुपातेका बोटमा अहिलेसम्म फूल फुलेको छैन । “यो लालुपातेका रूखमा फूल फुलेर राताम्यै देखिनुपर्ने हो, तर अहिले त पात मात्र देखिन्छन्, फूल फुलेकै छैन”, ज्यामरुककोटका नरबहादुर थापाले भने । 
 
जिल्ला कृषि विकास कार्यालय, म्याग्दीका अनुसार जिल्लाको माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको छ । माटोमा अम्लियपना बढेका कारण जिल्लामा बाली पाक्ने र फूल लाग्ने समय समेत पछि धकेलिँदै गएको हुनसक्ने जिल्ला वन कार्यालय, म्याग्दीका सहायक वन अधिकृत एवम् वातावरणविद् चन्द्रमणि सापकोटाले बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ