arrow

निर्माण व्यवसायी महासंघ २५ औं वर्षमा, सन्तोषजनक काम गर्न नसकेको स्वीकार

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
Fcan.jpeg
काठमाडौं । निर्माण व्यवसायी महासंघले रजत जयन्ति मनाउँदै छ । करीब २५ वर्ष अगाडि निर्माण दिवसको अवसरमा मंसिर २२ गते स्थापना भएको महासंघले आफ्नो रजत जयन्तिको अवसरमा बुधबार आफ्ना संस्थापक पदाधिकारी, पूर्व अध्यक्षहरु तथा संस्थापक सदस्य संस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको महासंघका अध्यक्ष शरद गौचनले जानकारी दिए । महासंघले विहान उपत्यकाका विभिन्न स्थानहरुमा प्रभातफेरी पनि गरेको थियो ।
 
कार्यक्रम दिउँसो ३ बजे काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना गरिँदैछ । स्थापनाको २५ औं वर्षमा प्रवेश गर्दै गर्दा नेपाली निर्माण क्षेत्रमा महासंघले उल्लेखनीय भूमिका निर्वाह गर्न सकेको अध्यक्ष गौचनले दाबी गरेका छन् । 
 
अन्य विकसित मुलुकको तुलनामा यो काम केही नभएको भएपनि नेपाली परिवेशमा संघर्ष गर्दै महासंघले धेरै उल्लेखनीय का मगर्न सफल रहेको बताएका हुन् । गौचनले तर यही कामबाट सन्तोष दिन सक्ने अवस्था भने नरहेको बताए । ‘स्थापनाको लामो समयसम्म त हामीले प्रतिकूल ऐनकानून प्रतिस्थापन र निर्माण व्यवसाय मैत्री काम गर्नतर्फ नै समय खर्चिनु प¥यो ।’ उनले भने ‘अहिले सार्वजनिक खरीद ऐन लगायतका कानूनहरु पनि आईसकेका छन् । अब अन्य कानून पनि बन्दै जाला यसले हामी उत्साहित छौं ।’
 
उनले कतिपय सरकारी नीति नियम तथा अन्य कारणले गर्दा सन्तोषजनक का मगर्न नसकेको भएपनि अब निर्माण क्षेत्रमा पनि विकासको समय सुरु भएको जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ