arrow

तरुणको समानान्तर भेला, सभापति देउवालाई अर्काे चुनौती

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
tarun-dal-new.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेकिो नेतृत्वले विधि र प्रक्रिया मिचेर तरुण दलको नेतृत्व चयन गरेकोप्रति असन्तुष्ट तरुण नेताहरुले काठमाडौंमा एक विशेष भेलाको आयोजना गरेका छन् । ‘बृहत् तरुण भेला’ नाम दिएर मंसिर २२ गते प्रज्ञा भवनमा आयोजित भेलामा प्रमुख वक्ताको रुपमा तरुण नेताहरुसमेत रहिसकेका काँग्रेस केन्द्रीय सदस्य गूरुराज घिमिरेको सहभागितामा रहने बताईएको छ । 
 
पूर्व तथा वर्तमान तरुण नेताहरु विनोद कायस्थ, पुष्प पराजुली, मोतीलाल श्रेष्ठ, क्यु प्रसाद बस्याल, मोदिनी प्रसाद सिटौला, लक्ष्मी खतिवडा, टेकराज पौडेल, सविता सिलवाल, नारायण भट्टराई, दामोदर कोइराला, खिमानसिंह रायमाझी, प्रताप गुर्धामी, हरि आचार्य र रघुरमण न्यौपाने लगायतको अग्रसरतामा आयोजित भेलाले तरुण दलको भविष्ण्बारे गम्भीर छलफल तथा बहस गर्ने आयोजकहरुले जनाएका छन् । 
 
गत कात्तिक १७ गते तरुण दलको महाधिवेशन बन्दशत्र सुरुभएको दोस्रो दिन पार्टी सभापति शेरबहादुर देउवाको हस्तक्षेत्रप पछि रोकिएको र विधान एवं प्रक्रिया नै पूरा नगरी तरुण दलको सभापति र महासचिव लगायको पदपूर्ति गरेको दाबी भेलाका आयोजकहरुको छ । नेविसंघको राजनीतिमा सक्रिय रहेका र तरुणदलको पूर्णकालीन सदस्यता नलिएका महाधिवेशन प्रतिनिधि र पार्सद्हरुको सहभागिता नभएका स्वस्थानी कथामा नवराजलाई राजा बनाएझै विधि र प्रक्रिया नै नपु¥याई अध्इक्ष र महासचिव बनाएको भन्ने दाबी भेलामा उपस्थितहरुको छ । घटना र विचार साप्ताहिक
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ