arrow

गर्भवतीको मृत्युपछि आफन्तले अस्पतालमा गरे तोडफोड, ६ पक्राउ

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
CMC-news.jpeg

काठमाडौं । चितवन भरतपुर नगरपालिका –७ बस्ने सुनिता गुरुङको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन् ।

गर्भवती सुुनिताको उपचारको क्रममा मृत्यु भएपछि चिकित्सकले लापर्वाही गरेको भन्दै आफन्तले तोडफोड गरेका हुन् । तोडफोड गर्नेहरुलाई रोक्न खोज्दा प्रहरीलाई ढुंगाहानेपछि ६ पक्राउ परेका छन् । पक्रा परेकाहरु प्रहरीकै नियन्त्रणमा छन् ।

निकैवेर तनाव भएपछि साम्य पार्न ६ जनालाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए । थापाले भने, ‘सुनिताको मृत्युमा चिकित्सकलाई दोष लगाउँदै आफन्तले तोडफोड गरे । ढुंगा प्रहार भएपछि सीसाहरु फुुटेको छ ।’

उपचारका लागि ल्याइएकी चितवनको भरतपुरस्थित कृष्णपुरकी २५ वर्षीया गर्भवती गुरुङको उपचारका क्रममा यही मङ्सिर २० गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै स्थानीयले चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आएका छन् । आफन्तहरुले मृत्युको कारणसहित अस्पतालले चिकित्सकलाई कारबाही हुनु पर्ने र ५० लाख रुपैंया दिनुपर्ने माग राखेका बताइएको छ । प्रहरी उपरीक्षक थापाले भने, ‘चितवनमा अस्पतामा यस्तो खालका घटना भयो भने रकम माग्ने, तोडफोड घटनाक्रमहरु दोहोरिदै आएका छन् । यो मात्रै नौलो घटना होइन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ