- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विद्यमान राजनीतिक समस्याको निकास दिन दलबीच एकता आवश्यक रहेको बताएका छन् ।
दश दिने जापान भ्रमण पूरा गरी स्वदेश फर्किपछि वुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले देश सबै राजनीतिक पार्टीको भएकोले अहिलेको समस्यालाई निकास दिन सबै पार्टी एकजुट हुनुपर्ने बताए ।
‘हिमाल, पहाड र तराईका बासिन्दामा सहज वातावरण बनाउन दलहरु जिम्मेवार हुनुपर्छ, –पौडेलले भने । संविधान कार्यान्वयन र तीनवटै तहको निर्वाचन सम्पन्न गर्न सबै दल जिम्मेवार हुनुपर्ने नेता पौडेलको भनाई थियो । पछिल्लो समय संविधान संशोधनका कुरालाई लिएर विभिन्न खालका टिका टिप्पणी भएकोप्रति लक्षित गर्दै नेता पौडेलले शब्दको दुरुपयोग गरेर मुलुक अगाडि बढ्न नसक्ने बताए ।
संविधान संशोधनको विषयमा पार्टीभित्र छलफल भएको समेत पौडेलले बताए । संविधान निर्माण भएको र यसलाई कार्यान्वयन गरेर विकासको बाटोमा अगाडि नबढे मुलुकमा खतरा आउनसक्ने पौडेलको तर्क छ । आफ्नो जापान यात्राले नेपाल–जापान सम्बन्ध झन बलियो भएको पौडेलले बताए । पौडेललाई स्वागत गर्न कोषाध्यक्ष सीतादेवी यादव सहित नेताहरु विमानस्थल पुगेका थिए ।