arrow

नेपाल टेलिकमले चीनबाट इन्टरनेट ल्याउदै

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबीच आईपी सर्भिस सम्झौता

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
Pic-1-China-Nep.jpeg
काठमाडौँ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल बीच आईपी सर्भिस  सम्झौता भएको छ । सम्झौतापछि  नेपाल टेलिकमले चीनबाट इन्टरनेट ल्याउने पक्का भएको हो  ।  चाइना टेलिकम ग्लोवलले रसुवाको जिलोङ गेटवे हुँदै  नेपाललाई स्थलीय केबुल मार्गबाट जोड्न आईपी सर्भिस उपलब्ध गराउने छ ।
 
सो सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड (सीटीजी) का कार्यकारी उपाध्यक्ष ओउ यानले बुधबार हङकङमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।
 
नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल अप्टिकल फाइबरमार्फत केही समय अघि मात्र  जोडिएका थिए । त्यसपछि हाल यो सम्झौता सम्पन्न भएको हो । चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुनेछ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक इन्टरनेशनल कनेक्टिभिटिको लागि यो अर्को महत्वपूर्ण विकल्प बनेको छ ।
  
सम्झैतसँगै अब चिनियाँ मार्गबाट पनि इन्टरनेट आवद्धता सम्भव भएको छ । यसअघि भारतीय मार्गबाट मात्र सो सम्भव थियो । नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएको छ । 
 
 सम्झौता कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले नेपाल टेलिकमले यो थप रुटबाट लाभ लिन सक्ने विश्वास ब्यक्त गरे। उनले चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरे।
 
त्यस्तै सीटीजीका कार्यकारी उपाध्यक्ष ओउ यानले चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताए । उनले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको  नेपाल टेलिकम प्रवक्ता  प्रतिभा बैद्यले जारी गरेको विज्ञाप्तीमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ