arrow

पैसा डोकामा लान सम्भव नभएकाले लगियो हेलिकोप्टरमा : सांसद खतिवडा

पिडितको रकममा रजाइ गरिएको छैन

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
helicoptors.jpeg
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एक राष्ट्रिय दैनिकमा प्रकाशित समाचारप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । संसद खतिवडाले बुधबार विज्ञाप्ती जारी गरि भुकम्प पिडितको रकम दुरुपयोग भएको भन्ने समाचारबारे ध्यानाकर्षण भएको जनाएका हुन् । 
 
विज्ञप्तीमा उनले भनेका छन् - 'ओखलढुंगा जिल्ला अति भूकम्प प्रभावित जिल्ला हो । झण्डै डेढवर्ष देखि प्रभावित जनताले सरकारले घोषणा गरेको पहिलो किस्ताको राहत पनि पाएका थिएनन् । स्थानीय जनताको आग्रह र अनुरोधमा जिल्ला जान नसक्ने जेष्ठ नागरिक, शाररीक अशक्त लगायत दुर्गम ठाउँका जनताहरुको आवाजलाई ध्यान राखी सदरमुकाम जान नसक्नेलाई सबैको प्रयासमा सर्वदलीय, सर्वपक्षीय निर्णय अनुसार सरकारी संयन्त्रको समेत सहयोग लिई गाउँबाटै राहत र नागरिकता लगायत सम्पूर्ण प्रशासनिक कार्य जनताको आग्रहमा स्थानीय स्तरबाटै दिलाउनका लागि स्थानीयको आग्रहमा म र माननीय हर्कबोल राई लगायत प्रमुख जिल्ला अधिकारी हामी पलापु गएका हौं । त्यहाँ झण्डै पाँच करोड रुपैया लिएर जानुपर्ने भएको हुँदा सो रकम डोकामा बोकाएर लान सम्भव नभएकोले हेलिकप्टरमा लिएर हामी गएका हौं ।'
 
प्रत्येक प्रभावितबाट रकम उठाउने कार्य नभएको र पचास हजारनै सबैलाई दिएको जानकारी गराउँदै  खतिवडाले अगाडि भनेका छन् -' स्थानीय स्तरमा झण्डै ३६४ जनतालाई त्यहाँ नागरिकता वितरण भएको थियो । केही जग्गा पास त्यही भएको हुँदा त्यस्ता पवित्र कार्यलाई गलत ढंगले बुझी हल्का रुपमा समाचार प्रकाशित भएकोमा दुःख व्यक्त गर्दछु । सो ठाउँमा पुग्नका लागि हेलिको भाडा वापत रु १ लाख ८० हजार  लागेको जानकारी गराँदछौं । घोराखोरीको कार्यक्रममा एक जना मित्रको सौजन्यमा हेलिकोप्टर मैले लगेको र त्यहाँ कसैको एक रुपैया पनि खर्च नभएको जानकारी गराउँदछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ