arrow

सिचाई विधेयक छिटै ल्याइने : मन्त्री गिरी

logo
शरद रेग्मी,
प्रकाशित २०७३ मंसिर २२ बुधबार
sichai-mantrri.jpeg
देउखुरी । सिचाई मन्त्रि दिपक गिरीले नेपालको सिचाई क्षेत्रको वृहत्तर विकाशका लागि मन्त्रालयले विभीन्न परियोजनाहरु सुरु गर्न लागेको बताएका छन् । रिपोर्टर्स क्लव दाङ शाखाले देउखुरीको गोवरडियामा गरेको पत्रकार सम्मेलनमा वोल्दै मन्त्री गिरीले नेपाल कृषि प्रधान देश भएपनि अधिकाशं  जमीनहरु सिचाईवाट बन्चीत भएको भन्दै सरकारले बाझो जमिन सिन्चित गराउन विशेष परियोजनाहरु ल्याउन लागेको समेत बताए ।
 
मन्त्री गिरीले  केही दिन अगाडि सरकारले पासगरेको वृहत्तर दाङ माडि लुङ्ग्री सिचाई योजना को काम अगाडि वढाउन यहि २९ गते दाङमा कार्यालय उद्घाटन गर्न लागेको बताए । सो परियोजनाले  सिचाई तथा खानेपानीको समस्या हल गर्ने उल्लेख गरे । मिन्त्रि गिरीले यो परियोजना दाङको मात्रै नभएर यसभेगकै कृषकहरुका लागि लाभदायी बन्ने विश्वास समेत दिलाए । उनले यो योजना संचालन गर्न सबै स्थानियवासीहरुको अहम भूमिका र सहयोगको समेत अपेक्षा गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ