- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पोखरा महाधिवेशनबाट असन्तुष्ट बनेका नेपाली काँग्रेसका भातृ सङ्गठन नेपाल तरुण दलका पूर्व पदाधिकारीले नयाँ वानेश्वरमा छुट्टै भेला गरेका छन् । पोखरामा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल निकटकाले असन्तुष्टि राख्दै विधि र प्रक्रियाअनुसार महाधिवेशन माग गर्दै भेला गरेका हुन् ।
असन्तुष्टि पक्षधर लक्ष्मी खतिवडाले महाधिवेशनलाई पार्टी नेतृत्वले हस्तक्षेप गरेकाले विधि र विधानसम्मत तरुण दलको महाधिवेशन गर्न माग गर्न भेला गरिएको जानकारी गराइन् । ‘बन्दसत्र सञ्चालन नै नभई पार्टी नेतृत्वले हस्तक्षेप गरी नयाँ कार्यसमिति बनाएको छ”– उनले भनिन्, ‘यो हामीलाई मान्य छैन । महाधिवेशन विधि र विधानसम्मत चल्नु पर्यो ।’
कार्यक्रममा दलका पूर्वअध्यक्ष विनोद कायस्थ, पूर्वमहासचिव पुष्प पराजुली, नेपाल विद्यार्थी सङघका पूर्वअध्यक्ष महेन्द्र शर्मा लगायतले महाविधेशन विधि प्रक्रियामा नै नभएकाले पुनः महाधिवेशन गर्नुपर्ने माग राखे ।
तरुण दलको पोखरामा कात्तिक २७ देखि २९ गतेसम्म महाधिवेशन भएको थियो । महाधिवेशनले जितजङ्ग बस्नेतलाई सर्वसम्मत अध्यक्षमा चुनेको थियो । रासस