arrow

इराकमा भएको हवाइ आक्रमणमा ६० भन्दाबढीको मृत्यु

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
iraq-attack.jpeg
बग्दाद । इराकमा गरिएको हवाई आक्रमणमा ६० भन्दा बढी सर्वसाधारण मारिएका छन् । इस्लामिक स्टेटको कब्जामा रहेको अल कैम इलाकामा गरिएको हवाई आक्रमणमा गल्तीले उनीहरु मारिएको जनाइएको छ ।
 
मारिनेमा १९ बालबालिका र १२ जना महिलासमेत रहेका छन् । अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी एअर फोर्स दुबैले आक्रमण गरिरहने क्षेत्र भए पनि कसको आक्रमणमा उनीहरु मारिएका हुन् भन्ने यकिन भएको छैन ।
 
हमलामा सयौं मानिस घाइते भएका छन् । 
 
आईएसको मूख्यालय मानिएको एक मस्जिदलाई लक्ष्य गरी प्रहार गरिएको मिसाइल गल्तीले ब्यस्त बजारमा खसेको जनाइएको छ ।
 
आईएसले भने एक सय २० भन्दा बढीको ज्यान गएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ