arrow

च्याम्पियन्स लिगमा रियल मड्रिड बराबरीमै, बेन्जेमा चम्किदा रोनाडो ओझेलमा

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
real-madrid.jpeg
सान्टियागो बर्नाबेऊ। च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा स्पेनको क्लव रियल मड्रिडले जर्मनीको क्लव बोरुसिया डर्टमन्डसंग २–२ गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा खेलेको रियललाई दुवै गोल करिम बेन्जेमाले दिलाए । २८ औं मिनेटमा पहिलो गोल गरेका बेन्जेमाले ५३ औं मिनेटमा अग्रतालाई दोब्बर बनाए ।
 
Benzema boots the ball high into the air from the goal in celebration as Real briefly took charge of the group in the capital
 
तर त्यसपछि भने बोरुसियाले लगातार दुई गोल गर्दै बराबरी गरेको हो । यो खेलमा चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो भने ओझेलमा परे । उनले खासै सम्झनयोग्य सट् प्रहार गरेनन् ।
 
Cristiano Ronaldo cuts a frustrated figure as Real Madrid had to settle for second place and could now face a trickier draw
 
रियल रेहेको समूह एफ् को अर्को खेलमा पोल्याण्डको क्लव लेजिया वार्सजावाले पोर्चुगलको क्लव स्पोर्टिङ्गलाई १–० ले हरायो । यो समूहबाट मड्रिड र डर्टमन्ड अर्को चरणमा पुगिसकेका छन् ।
 
Dortmund celebrate wildly at full-time after finishing top of a group which also contained Legia Warsaw and Sporting Lisbon
 
त्यस्तै समूह ई को खेलमा जर्मनीको क्लव बायर लिभरकुजेन र इङल्याण्डको टोटनह्याम हट्सपर विजयी भएका छन् । बायरले फ्रान्सको क्लव मोनाकोलाई ३–० ले हरायो । त्यस्तै टोटनह्यामले रुसी क्लव सीएसकेए मस्कोलाई ३–१ ले हरायो । यो समूहबाट ११ अंकसहित मोनाको समूह विजेता बन्दै तथा १० अंकबाट लिभरकुजेन उपविजेता बन्दै अर्को चरणमा पुगेका छन् । 
 
Marco Reus fires the ball past Real Madrid goalkeeper Keylor Navas to level the scores as a shocked Sergio Ramos looks on
 
समूह एच को खेलमा इटालीको क्लव युभेन्टसले क्रोएसियाको क्लव डाइनामो जाग्रेबलाई २–० ले हराएको छ । त्यस्तै फ्रान्सको क्लव लियो र स्पेनको क्लव सेभिल्लाले भने गोलरहित बराबरी खेलेका छन् ।
Benzema powerfully headers home James Rodriguez's cross to score a brace and Real Madrid's second of the evening
यो समूहबाट १४ अंकसहित युभेन्टस समूह विजेता तथा ११ अंकसहित सेभिल्ला उपविजेता बन्दै अर्को चरणमा पुगेका छन् । योसंगै प्रिक्वार्टरफाइनल समीकरणसमेत पूरा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ