arrow

च्याम्पियन्स लिगमा लेस्टर सिटीको लाजमर्दो प्रदर्शन

६१ वर्षको इङल्याण्डको इतिहासमा कालो दाग

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
lester-team.jpg
स्तादियो दे द्रागो। च्याम्पियन्स लिग फुटबलमा इङल्याण्डको क्लव लेस्टर सिटीले लज्जास्पद हार बेहोरेको छ। समूह चरणको शीर्ष स्थानमा रहेर अर्को चरण पुगे पनि समूहको अन्तिम खेलमा पोर्चुगलको क्लव एफसी पोर्टोसंग ५–० को फराकिलो हार बेहोरेसंगै लेस्टरले ६१ वर्षको कालो दाग बोकेको छ।
 
६१ वर्षसम्म यत्तिको लज्जास्पद हार कुनै पनि इङल्याण्डको क्लवले च्याम्पियन्स लिगमा भोगेको थिएन। इङलिश प्रिमियर लिगको साविक विजेताको हैसियतले पहिलो पटक लेस्टरले च्याम्पियन्स लिग खेलेको हो।यसअघिका खेलमा भने सशक्त खेलेको लेस्टरले अन्तिम खेलमा लज्जास्पद हार बेहोर्दा भने प्रशिक्षक क्लाउडिओ रानिएरी आलोचित बनेका छन्। उनले हारको जिम्मेवारीसमेत लिएका छन्। 
 
घरेलु मैदानमा शानदा जित हासिल गरेको पोर्टो समूह जी को उपविजेता बन्दै अर्को चरणमा पुगेको छ। १३ अंकको लेस्टर सिटी समूह विजो बन्दै प्रिक्वार्टरफाइनलमा पुगेको हो। समूह जी को अर्को खेलमा बेल्जियमको क्लव ब्राग डेनमार्कको कोबेनहेभनसंग २–० ले पराजित भएको छ। यो जितहारले भने दुवै टिमले कुनै फड्को मार्न नसकी घर फर्किएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ