arrow

प्रहरी भन्छ : बाबुराममाथि जुत्ता प्रहार भएको होइन

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
Baburam.jpeg.jpeg
काठमाडौं । बिहीबार पोखरा पुगेका नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईमाथि जुत्ता प्रहार भएको कुरालाई प्रहरीले खण्डन गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार उनीमाथि केही व्यक्तिहरुले कालो झण्डा देखाएको भएपनि जुत्ता प्रहार भने नभएको स्पष्ट पारेको हो । 
 
पृथ्वीनारायण क्याम्पसमा अन्य विद्यार्थी संघठनबाट नयाँ शक्ति नेपालमा प्रवेश गर्नै विद्यार्थीहरुलाई स्वागत गर्न पुगेका भट्टराईमाथि कार्यक्रम स्थलमा नै कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको समाचार आएको थियो । 
 
प्रहरीले कालो झण्डा देखाएको आरोपमा एक जनालाई पक्राउ पनि गरिसकेको छ । तर, ती व्यक्तिको सनाखत नभईसकेको कार्यालयले जनाएको छ । अन्य सञ्चारमाध्यममा आएको समाचार अनुसार जुत्ता प्रहार गर्ने व्यक्ति कैलाली नारायणपुरका २९ वर्षीय सञ्जिव भट्टराई  हुने । तर यसलाई प्रहरीलदे भने पुष्टि गरेको छैन । 
 
 
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ