arrow

‘अब अन्तिम पटक संविधान संशोधन गर्न एमाले तयार छ’

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
sansad-mahato-new.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शत्रुधन महतोले आफुहरु संविधान संशोधनको विपक्षमा  नभएको बताएका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता महतोले संविधान संशोधन प्रस्ताव तत्काललाई स्थगित गरेर वा फिर्ता लिएर सबै दलहरुको सहमतिमा मधेशी मोर्चाको माग सम्बोधन गर्ने गरी संशोधन गर्नुपर्ने बताएका हुन् । उनले भने,‘अहिले संविधान कार्यान्वयन गर्ने वेला हो, यस्तो वेलामा कार्यान्वयन गर्न छोडेर संशोधनको कुरा किन गरिँदैछ ?’

साक्षात्कारमा सांसद महतोले एमाले संविधान संशोधन गर्नै नहुने भन्ने पक्षमा नभएको उल्लेख गर्दै भने,‘संविधान संशोधन गर्नै हुँदैन भन्ने पक्षमा हामी छैनौं, तर अहिले संशोधनको आवश्यकत्ता हो कि होईन भन्ने कुरा हो, अहिले संविधान कार्यान्वयन गर्ने बेला हो ।’ संविधान कार्यान्वयन गर्नको लागि दलहरु मिल्नुको विकल्प नभएको भन्दै उनले संसदको सवैभन्दा ठूलो दल नेपाली काँग्रेसले सहमतिको राजनीति तोडेको आरोप लगाए ।


महतोले काँग्रेसले पहिलो पटक संशोधन गर्दा पनि आफ्नो पार्टीसँग यो नै अन्तिम संशोधन हो भनेर प्रतिवद्धता जनाएको स्मरण गर्दै भने,‘पहिलेपनि काँग्रेसले दुई वटा विषयमा संशोधन गर्दा सबै समस्या हल हुन्छ, अब संविधान कार्यान्वयन गर्नेतिर जानुपर्छ भनेको थियो, तर अहिले फेरि संशोधनको कुरा गरिँदैछ ।’


उनले अहिले संशोधन माग गर्ने मधेश केन्द्रित दल नै प्रस्तावको पक्षमा नभएकाले प्रस्तावलाई जबरजस्ती अघि बढाउने काम गर्न नहुने बताए । महतोले भने,‘अहिले सरकारले संशोधन प्रस्ताव स्थगित गरोस, नभए फिर्ता लिनुप¥यो, त्यसपछि सबै बसेर समस्याको समाधान हुनेगरि संशोधन गरौंला, हामी पनि संशोधन गर्नै हुँदैन भन्ने पक्षमा छैनौं ।’


मधेशी लगायत आदिवासी, जनजातीहरुको माग पूरा गराउनको लागि संशोधन प्रस्तावलाई राष्ट्रिय एजेण्डा बनाउनुपर्नेमा उनको जोड दिए । उनले थपे,‘अब एकचोटि अन्तिम पटकको लागि संशोधन गरौं ताकि समस्याको समाधान होस् ।’ सत्तारुढ दल नेपाली काँग्रेसका सांसद महेन्द्र यादवले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव सके एमालेको सहमतिमा नभए दुई तिहाईले पारित हुने जिकिर गरे ।

उनले संशोधन प्रस्ताव राष्ट्रिय आवश्यकत्ता भएको उल्लेख गर्दै यसलाई पारित गरेर संविधान कार्यान्वयनमा जानुपर्ने बताए । यादवले संविधानलाई सर्वस्विकार्यताको लागि सरकारले संशोधन प्रस्ताव ल्याएको बताउँदै भने,‘एमालेले ठूलो बबण्डर मच्चायो, लहैलहैमा लागेर मुलुकमा द्धन्द्ध निम्त्याउने काम कसैले गर्नुहुँदैन ।’

प्रदेशको सिमांकन हेरफेरलाई राष्ट्रियतासँग जोड्ने काम गर्न नहुने भन्दै यादवले भने,‘एमालेले राष्ट्रियतालाई विवादमा पारेको छ ।’ उनले एमालेले संशोधन प्रस्तावको विपक्षमा आवाज उठाएर चुनावी प्रचारप्रसार गरिरहेको समेत आरोप लगाए । उनले भारतलाई गाली गरेर आनन्द लिने लघुतावास नेपालमा देखिएको भन्दै राष्ट्रियताको सवालमा पहाड र मधेश भनेर गलत प्रचार गर्ने काम कसैले गर्न नहुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ