arrow

शान्ति शिक्षा अभियानले १३ विद्यालय ठड्यायो

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
school-new-ff.jpg.jpeg

काठमाडौं । शान्ति शिक्षा अभियान नेपालले काभ्रेको सम्थलीको सेतीदेवी निम्न माध्यमिक विद्यालय पुनः निर्माण गरी हस्तान्त्रण गरेको छ ।

जिल्ला शिक्षका स्रोतव्यक्ति लक्ष्मण दाहालले नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण गरे । भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण एवं मर्मत कार्यक्रम अन्तर्गत सो निर्माणको सामाजिक परीक्षण समेत भएको छ ।

शान्ति शिक्षा अभियान नेपालले स्थापना कालदेखि नै आफ्नो उद्देश्य अनुरुप सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, ललितपुर र काठमाडौं जिल्लाहरुमा शैक्षिक गुणस्तर सुधार परियोजना अन्र्तगत विद्यालय भवननिर्माण–मर्मत संभार, प्रारम्भिक बाल विकास र अंग्रेजी भाषा शिक्षण तालिम, खानेपानी, सेतोपाटी, फर्निचरको व्यवस्था, कक्षा कोठाहरुमा झ्याल ढोकाहरुको व्यवस्था गर्ने जस्ता विद्यालय केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

अभियानले विद्यालय भवन पुनःनिर्माण अन्तर्गत दोलखामा ५, काभ्रेमा ४, काठमाडौमा  जिल्लाका ३ र ललितपुरका १० वटा गरी कुल २ करोड ७५ लाख को लागतमा २२ वटा मर्मत तथा पुनःनिर्माण गर्ने निर्णय गरेको छ । संस्थाले हालसम्म १३ वटा विद्यालयको निमार्ण गरी समुदायलाई हस्तान्तरण गरिसकेको अभियानका कोषाध्यक्ष विजयबाबु शिवाकोटीले बताए ।

यस्तै, शान्ति शिक्षाकी कार्यकारी निर्देशक रचना महर्जन ले भवन निर्माणमा कम २८ लाख ३६ हवार २ सय ८ रुपैंया खर्च भएको बारे जानकारी गराइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ