arrow

निर्वाचन गराउनकै लागि संविधान संशोधन : देउवा

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले मुलुकका तीनवटै तहका निर्वाचन सम्पन्न गर्नका लागि संविधान संशोधनको प्रस्ताव आएको बताएका छन्।

साझा प्रकाशनद्वारा प्रकाशित तथा काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित कविता सङ्ग्रह ‘प्रतिज्ञाको पहाड’ को आज यहाँ लोकार्पण गर्दै सभापति देउवाले मुलुकमा शान्ति, निर्वाचन र संविधान कार्यान्वयनका लागि संशोधन ल्याइएको बताए।

सभापति देउवाले भने – 'समयमा निर्वाचन हुन्छ र संविधान कार्यान्वयन हुन्छ भने तराई र पहाडका केही जिल्ला यता उता हुँदैमा केही हुँदैन, यसमा नेकपा ९एमाले०ले पनि सहयोग गर्ने मेरो विश्वास छ ।’

उनले देशको राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा संशोधनले कुनै असर नपार्ने तराई र पहाडका जनताबीच नचाहिँदो दुस्मनी नगराई लोकतन्त्रलाई बलियो बनाउन सबैले सहयोग गर्न आग्रह गरे।

साझा प्रकाशन बचाउमा प्रतिबद्धता

सभापति देउवाले सरकारले दिने घोषणा गरेका ऋण र अनुदान गरी ४० करोड साझा प्रकाशनलाई उपलब्ध गराउन पहल गर्ने विश्वास पनि व्यक्त गरे।

सहकारी विकास बैंकले प्रकाशनको जग्गा लिलामीमा निकाल्ने खतरा टार्न सरकारले चाँडै सहयोग गर्नुपर्ने आग्रह संस्थाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, सञ्चालक सदस्य तथा पूर्व मन्त्री प्रदीप नेपालले संस्था बचाउन आग्रह गरेका थिए।

यसअघि दुई राजनीतिक पुस्तक लेखेको घिमिरेको ‘प्रतिज्ञाको पहाड’ तेस्रो पुस्तक हो । पुस्तकबारे डा कुमारबहादुर कोइराला र हरि अधिकारीले समीक्षा गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ