arrow

अब तयारी निर्वाचनको : प्रधानमन्त्री दाहाल

एमाले कार्यकर्ताले देखाए कालो झण्डा

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
dahal-gi-nya-a.jpeg

धनगढी  । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कैलालीको गेटामा विहिबार आयोजित पार्टीको प्रदेशस्तरीय अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले स्थानीय निकायको निर्वाचन नयाँ संरचनाअनुसार गरिने बताए ।

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै यदी नयाँ बन्ने संरचनाअनुसार चुनाव गर्ने सवालमा सहमति हुन नसकेमा पुरानै संरचनाको स्थानीय निकायको चुनाव गर्न पनि तयार हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता नहुने दोहोर्‍याए । वुधबार सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री दाहालको सम्बोधन बहिस्कार गर्न भन्दै ठाउँ ठाउँँमा प्रदर्शन गरेका एमाले कार्यकर्ताले विहिबार कालो झण्डा देखाएका छन् । विहानै देखि सवारी साधन, बजार, पसल र शिक्षण संस्था खुल्न नदिएका उनीहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ