arrow

सभामुखलाई देउवा र ओलीले के भने ?

छुट्टा–छुट्टै भेट

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
Onsari-gharti.jpg.jpeg

काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयकले उत्पन्न राजनीतिक पस्थितिबारे सभामुख ओनसरी घर्तीले शीर्ष तहको छलफल प्रारम्भ गरेकी छ ।

विहिबार आफ्नै कार्यकक्ष सभामुख घर्तीले मुख्य सत्ता साझेदा एवं संसदको सबै भन्दा ठूलो दल नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टा–छुट्टै भेट गरेकी छन् ।

भेटमा सभामुख ओनसरी घर्तीले संसदको जारी अवरोध हटाउन दुवै नेतालाई आग्रह गरेको घर्तीका प्रेस सल्लाहकार बासुदेव –बबिन) शर्माले जानकारी दिए ।

सभामुख घर्तीले आगामी निर्वाचनका लागि बन्नु पर्ने कानुन निर्माण र लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्ताव टुंग्याउन पनि संसद खोल्नु पर्ने भन्दै दुवै नेताको ध्यानाकर्षण गराइन् । सभामुख घर्तीले सदनको गतिरोध अन्त्यका लागि आफूले निकै प्रयत्न गरिरहेको बताइन् । उनले दलहरूबीच सहमति नजुटेसम्म संविधान संशोधन विधेयकलाई सदनको कार्यसूची नबनाउने प्रष्ट्याइन् ।

भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन विशेधक हाउसमा लैजानु पर्ने र पारित गर्नतिर अघि बढ्नु पर्ने बताएको सल्लाहकार शर्माले जानकारी दिए । यस्तै, देउवाले संविधान कार्यान्वयनकै लागि संशोधन विधेयक आएको भन्दै पास गर्नतिर लाग्नु पर्नेमै जोड दिए ।

एमाले अध्यक्ष केपी ओलीले भने पुरानै अडान दोहोर्याएको शर्माले बताए । ओलीको भनाई उदृत गर्नै उनले भने, ‘संसद खोल्न संशोधन विधेयक फिर्ता लिनु पर्छ भन्नु भयो । यद्यपि, दुवै नेताले संसद खोल्न सकारात्मक रहेको र त्यस विषयमा छलफल गर्ने सुनाउनु भएको छ ।’

शुक्रबार बस्ने संसद बैठकलाई लक्षित गरी सभामुख घर्तीले शीर्ष तहको छलफल गरेकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल काठमाडौं बाहिर रहेकाले शुक्रबार मात्रै छलफल गर्ने कार्यक्रम रहेको शर्माले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ