arrow

तिलगंगा आँखा प्रतिष्ठानले आँखा रोगबारे विशेष कार्यक्रम गर्दै

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
Till-ganga-eye-.jpg-kk.jpeg

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले आँखाको रोगको समयमै उपचार गर्न र अन्य जोखिम कम गर्न चेतना फैलाउने उद्देश्यले विशेषज्ञसहितको विशेष कार्यक्रम गर्दै छ । शनिबार प्रतिष्ठानमा दृष्टि र जीवन जोगाउन समयमै रेटिनोब्लास्टोमा पत्ता लगाई उपचार गर्नै पर्ने सचेतनामूलक शिक्षा कार्यक्रम संचालन हुन लागेको हो ।

प्रारम्भिक अवस्थामै चिकित्सक कहाँ गई उपचार गराउन सकिए बालबालिकालाई रेटिनोब्लास्टोमा जस्तो जटिल रोगबाट  बचाउन सकिने र पूर्ण रुपमा क्यान्सरमूक्त बनाउन सकिने सन्देशका साथ कार्यक्रम गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । अस्पताल आउन ढिलाई गर्नै नहुने र समयमै उपचार गरिए बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिने चिकित्सकहरु बताउँछन् ।

कार्यक्रममा वभिन्न अस्पतालका बालरोग विशेषज्ञ साथै बालरोग आवाशिय चिकित्सकलाई आँखाविशेषज्ञले  यो रोग कसरी छिटो पत्ता लगाउने र उपचारको लागि जतिसक्दो छिटो आँखा अस्पतालमा पठाउने सम्बन्धि जानकारी दिने बताइएको छ ।

प्रतिष्ठानले जारी गरेको विज्ञपितमा रेटिनोब्लास्टोमा भन्नाले पाँच वर्ष मुनिका बालबालिकाहरुको आँखापर्दामा हुने एक प्रकारको आँखाको क्यान्सर हो । यो प्राय:नवजात शिशु तथा २ वर्ष मुनिका बालबालिकाहरुमा देखिन्छ–भनिएको छ ।

२० हजार नवजात शिशु मध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुने सम्पूर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको र  यो रोग समयमै पत्ता लगाई उपचार हुन नसके बालबालिकाको दृष्टि गुम्नुका साथै शरिरको अन्य अङ्गमा फैलिएर ज्यान समेत जान सक्दछ–विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ