arrow

क्षेत्रीय महिला भलिबल छनोट खेलमा दार्चुला पहिलो

logo
प्रेम रौले,
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
bajuramahilakhelba.jpeg
बाजुरा । क्षेत्रीय महिला भलिबल छनोट खेलमा दार्चुला पहिलो स्थान ल्याउन सफल भएको  छ ।  फाईनल खेलमा कञ्चनपुरलाई हराउदै खेलमा पहिलो स्थान ओगट्न सफलभएको हो ।बेष्ट फाईभ खेलाईएको खेलमा चार खेल मध्ये ३ खेल जितेको थियो । जसमा२५–२०, २५–२०, २६–२४ अंक सहीत जित हात पारेको थियो भने कञ्चनपुरले चारखेल मध्ये २५–१५ अंक सहीत एक खेल जितेको थियो । दार्चुलाले खेल अवधीभर खेलका सम्पूर्ण ६ वटै खेलमा जितेको थियो ।
 
दार्चुलासँग पारजित कञ्चनपुर दोस्रो स्थान ल्याउन सफल भएको छ । दार्चुला र कञ्चनपुर एकै समूहबाट सेमिफाइनमा पुगेका थिए । अवधीभर ६ खेल मध्ये कञ्चनपुरले फाईनल सहीत दुई खेलमा हार बेहोरेको छ ।खेलको तेस्रो स्थान बाजुराले हात पारेको छ । घरेलु मैदानमा समूह बी को विजेता बन्दै सेमिफाईनल पुगेको बाजुराले कञ्चनपुरसँग हार बेहोरेसँगै फाइनलको यात्रामा विराम लगाएको थियो । 
 
बाजुराले बझागं सँग तेस्रो स्थानका लागि चार खेल खेलेको थियो । जसमा २५–१९, १७–२५, २५–१९ र २५–१९ अंक प्राप्त गरेको थियो । जितसँगै प्रथम द्धितीय र तृीय स्थान ल्याउन सफल टिमलाई प्रमाण पत्र सहीत पुरस्कार प्रदान गरिएको छ । खेल मंसिर २० गतेबाट सुरु भएको थियो । पूर्व उद्योग मन्त्रीले खेलको उद्घाटन गरेका थिए । खेलमा सबै खेलाडीले अपेक्षा गरे भन्दा राम्रो गरेको राष्ट्रिय रेफ्रि धनसिंह रावलले बताए ।
 
छनोट खेलबाट १२ जना राष्ट्रिय टिमका लागि छनोट हुने भएका छन् । खेलमा सहभागि कैलाली, अछाम, डोटी, डडेल्धुरा, बैतडी सेमिफाईनबाटै बाहिएका थिए । खेल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा सञ्चालन गरिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ