arrow

देशको अस्तित्व सङ्कटमा पार्ने कुनै प्रस्ताव स्वीकार्य छैन : नेम्बाङ

logo
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
subash-nembang-G.jpeg

पथरी  । एमाले स्थायी समिति सदस्य एवं संसदीय दलका उपनेता नेता सुवासचन्द्र नेम्बाङले नेपालको अस्तित्व सङ्कटमा पार्ने कुनै पनि प्रस्ताव एमालेलाई स्वीकार्य नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता नेम्बाङले भने, ‘यो देशको अस्मितामाथि प्रहार गर्ने खालका कुनै पनि प्रस्ताव एमालेलाई स्वीकार्य हुदैन ।’

नेम्वाङले संसद्मा अनावश्यक प्रस्ताव दर्ता गराएर सरकारले निहुँ खोज्ने काम मात्र गरेको आरोप लगाउँदै ‘९० प्रतिशत सभासद्ले पारित गरेको संविधान कार्यान्वयन गर्नुको साटो संशोधन प्रस्ताव दर्ता गराउनुको कुनै औचित्य छैन भन्नुभयो ।’

नेता नेम्बाङले भारतको संविधान ६५ प्रतिशत संसद् र अमेरिकाको संविधान ५२ प्रतिशतले पारित भएको उदाहरण दिदैं ९० प्रतिशत सभासद्ले पारित गरेकाले नेपालको संविधान कार्यान्वयनको विकल्प नभएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ